जिल्लास्तरीय एभरेष्ट कप हुने

316

जिल्लास्तरीय एभरेष्ट कप हुने

बुटवल, १० माघ । बुटवलमा एभरेष्ट कप पुरुष महिला जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । माघको १३ गतेदेखि संचालन हुने प्रतियोगितामा जिल्लाका सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहने छ ।

बुटवल–१० सुख्खानगरमा रहेको एभरेष्ट उच्च माविको आयोजनामा हुने प्रतियोगिताको तयारी तिब्र पारिएको विद्यालयले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ १५ विद्यालय र महिलातर्फ १० विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रतिस्प्रर्धा गर्ने भएका छन् । प्रतियोगितामा महिला पुरुषतर्फ प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतिय हुनेले ५ हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पर्ने विद्यालयका सहायक प्राचार्य विष्णु अर्यालले जानकारी दिनुभयो ।

चार दिनसम्म चल्ने प्रतियोगिताका सम्पुर्ण खेलहरु एभरेष्ट उच्च माविको खेल मैदानमै हुने छन् । यसैबीच एभरेष्टमा खेल सप्ताह पनि संचालन भएको छ । खेल सप्ताह अन्र्तगत दौड, हाईजम्प, लङजम्प, क्रिकेट, फुटवल लगायतका खेलहरु संचालन हुने प्रिन्सिपल कृष्ण न्यौपानले जानकारी दिनुभयो ।