डनमा खेल सप्ताह शुरु

772

डनमा खेल सप्ताह शुरु

बुटवल , ११ माघ । रुपन्देहीको तिलोत्तमा ७ नयाँ मिलमा  अवस्थित डन चिल्ड्रेन्स् इङलिस हाई स्कूलमा वार्षिक खेल सप्ताह शुरु भएको छ ।

खेल सप्ताहको रुपन्देहीका उप जिल्ला शिक्षा अधिकारी  टिका राम अर्यालले उदघाटन  गदैं  विद्यार्थीमा रहेको प्रतिभाको उजागरका लागि खेलकूद अपरिहार्य रहेको बताउनु भयो । उप जिल्ला शिक्षा अधिकारी अर्यालले परिवर्तित शैक्षिक प्रणालीलाई आत्मसाथ गरेर अगाडी नवढने शैक्षिक संस्थाहरुको भविष्य अन्यौलग्रस्त हुने बताउनु भयो ।

कार्यक्रममा नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन प्याब्सन रुपन्देहीका उपाध्यक्ष एक नारायण काफलेले खेलकूलवाट विद्यार्थीको व्यतिmत्व विकासमा टेवा पुग्ने बताउदै सवै विद्यालयले पढाईका साथै  खेलकूदलाई पनि महत्व दिनु पर्नेमा जोड दिनु भयो । विद्यालयका प्राचार्य कृष्ण प्रसाद खनालले  विद्यालयमा  स्र्माट कक्षा प्रणालीवाट विद्यार्थीलाई अध्यापन गराउने पद्धतिको विकास गरिएको जानकारी गराउदै क्रमिक रुपमा सवै कक्षामा यो पद्धती लागु गरिने धारणा राख्नु भयो ।

विद्यालय  व्यवस्थान समितीका अध्यक्ष  क्रषिराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा  उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख कमल राज पन्थी, पत्रकार यमलाल भुसाल , विद्यालय  व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष नारायण प्रसाद रेग्मी, सहायक प्रार्चाय दयाराज खराल, शिक्षक नारायण पौडेल  लगायतले खेलकूदको महत्वको वारेमा प्रकाश पादै अभिभावकहरुले आफना वाल वालिकारुको चाहानालाई ध्यान दिएर उनिहरुको रुचि अनुसार पढाईका अतिरितm खेलकूद लगाएतका अतिरितm त्रियाकलापहरुमा समेत  प्रोत्साहन गनु पर्नेमा जोड दिनु भयो ।

सात दिन सम्म संचालन हुने  सो खेल सप्ताहमा भलिवल, फूटवल, व्याटमिटन, दौड लगाएतका प्रतियोगिता संचालन हुने खेलकूद संयोजक दिलिप पराजुलीले बताउनुभयो ।