कुँवरवर्तीमा रजत महोत्सवको तयारी

337

कुँवरवर्तीमा रजत महोत्सवको तयारी

बुटवल, ११ माघ । रुपन्देहीको तिलोत्तमा–११ प्रदिपनगरमा रहेको कुँवरवर्ती ईङ्लिस बोर्डिङ् स्कुल स्थापनाको २५ औं वर्ष पुरा भएको अवसर पारेर बिभिन्न कार्यक्रम सहित रजत महोत्सवको तयारी गरिएको छ ।

२०४८ सालमा स्थापना भएको कुँवरवर्तीले रजत महोत्सवको अवसरमा जिल्ला स्तरीय प्रतियोगिता सहित साताव्यापी कार्यक्रमको तयारी गरेको आज बिद्यालयमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । विद्यालयका प्रिन्सिपल दीपक खनालले माघ १८ गते रजत महोत्सव विशेष समारोह गर्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार  माघ १२ गते प्रभातफेरी, १३ गते जिल्लास्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता, १४ गते रक्तदान तथा सरसफाई कार्यक्रम, १५ गते जिल्लास्तरीय अन्तरमावि लोकनृत्य प्रतियोगिता, १६ गते खुल्ला म्याराथन दौड, मैत्रीपुर्ण भलिवल प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रम हुनेछन् ।

यस्तै १८ गते हुने मुल समारोहको उद्घाटन रक्षामन्त्री बालकृष्ण खाणले गर्ने कार्यक्रम तय गरिएको विद्यालयले जनाएको छ । रजत महोत्सवको अवसरमा कामारवर्ति बाटिका स्मारीका विमोचनका साथै शिक्षामा गुणस्तर तथा प्रविधीयुक्त शिक्षालाई जोड दिईने उहाँले बताउनु भयो ।

उहाँले कक्षा ११ र १२ मा पठनपाठन गराउने प्रकृया अगाडि बढाइएको समेत जानकारी दिनुभयो । ९१ जना शिक्षक कर्मचारी कार्यरत  कुमारवर्तिमा १ हजार २ सयबढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका सहायक प्रन्सिपल भोजराज बस्तीले बताउनु भयो ।