
बुटवल, १७ माघ । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पस सुधारकालागि राखेका मागलाई प्रशासनले वेवास्ता गरेको भन्दै नेपाल बिद्यार्थी संघले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाईदिएको छ ।
आवश्यकता अनुसार बिद्यार्थी बोक्ने बसको व्यबस्था गर्नुपर्ने, बिद्यार्थीलाई दिईनु पर्ने २० प्रतिशत छात्रबृद्धि कार्यान्वयन गर्नुपर्ने, बिबिएमको शुल्क महंगो भएकाले घटाउनु पर्ने नेपाल बिद्यार्थी संघले माग गरेको छ । अन्य आंगिक क्याम्पसहरुमा सोही कोर्षकालागि २ लाखमा बिद्यार्थीले पढ्दै आएकोमा क्याम्पसले बिबिएम अध्ययनकालागि प्रत्येक विद्यार्थीबाट करिव ४ लाख असुलेको बताउँदै नेबिसंघ इकाई समितिका सभापति तथा केन्द्रीय सदस्य टंक पाण्डेले माग पुरा नहुँदा सम्म ताला नखोलिने बताउनु भयो ।
त्यस्तै स्ववीयुको हिसाव किताव छानविन गर्नुपर्ने, क्याम्पसमा प्राध्यापक नियुक्तिको पारदर्शिता, पूर्वाधार निर्माण लगायतको छानविन गर्न समेत माग गरेको थियो । गत बुधबार क्याम्पस प्रशासनलाई लिखित रुपमा माग राखेर शुक्रबारसम्मको अल्टिमेटम दिएपनि क्पाम्पस प्रशासनसंग सोमबार भएको वार्तामा समेत उधारो सहमति गर्न खोजेकाले वाता विफल भएपछि ताला लगाउन बाध्य भएको उहाँले बताउनु भयो ।
