बुटवल बहुमुखीमा तनाव

515

बुटवल बहुमुखीमा तनाव

                                             

                                                                   तस्वीर सौजन्य  : गोविन्द बस्नेत

बुटवल, २९ माघ । बुटवल बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनलाई लक्षित गर्दै शनिवार राती विद्यार्थी भर्ना गरिएको भन्दै विद्यार्थीहरुले ताला लगाएका छन् ।

शनिवार विदा भएपनि क्याम्पसको प्रशासन विभाग खुला गरेर रातारात विद्यार्थी भर्ना गरेको भन्दै ताला लगाएको नेविसंघका नेता छाया पोख्रेलले जानकारी दिनुभयो । विद्यार्थीहरुले ताला लगाएपछि विद्यार्थी कल्याण प्रमुख कृष्ण खरेल, दर्ता चलानी विभागकी कल्पना पाण्डे, पुर्व क्याम्पस प्रमुख बुद्ध बस्नेत लगायतका प्रशासन कार्यालयमै थुनिएका छन् ।

प्रशासनको पक्षमा तालाखोल्न आएका युवा र ताला लगाएका विद्यार्थी विच झडपको अवस्था रोक्न प्रहरी प्ररिचालन गरिएको छ । क्याम्पस प्रमुख शखिसरण सुवेदीले क्याम्पसमा विद्यार्थी भर्नाको कार्यक्रम नभई स्ववियु निर्वाचन तयारीको काम भएको बताउनुभयो । आठ वर्षपछि फागुन १४ गते स्ववियु निर्वाचन हुदैछ ।