दीपमा छैंठौं दीप गायन तारा

519

दीपमा छैंठौं दीप गायन तारा

बुटवल, ४ फागुन । बुटवल–१०, सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले गायन क्षेत्रमा नयाँ प्रतिभा खोज्ने उद्धेश्यका साथ जिल्ला स्तरीय अन्तर मा.वि. दीप गायन तारा प्रतियोगिता गरेको छ ।  छैंठौं  सस्ंकरणका रुपमा आयोजित प्रतियोगिताको आज अडिसन राउन्ड सम्पन भएको छ ।

रुपन्देही जिल्ला भित्रका मा.वि. तहसम्म अध्ययनरत विद्यार्थीहरूबीच आयोजित प्रतियोतिामा ३७ विद्यालयका विद्यार्थी सहभागी भएको कार्यक्रम सह संयोजक अर्जुन प्रसाद पन्थले जानकारी गराउनुभयो । प्रतियोगिताको प्रथम चरणमा आप्mनो गायन प्रतिभा प्रस्तुत गरेका विद्यार्थीहरूमध्ये १६ जना  दोस्रो चरणमा प्रवेश गरेका थिए भने १० जना विद्यार्थी फागुन ५ गते हुने फाइनल चरणमा प्रवेश गर्न सफल भएका छन् ।

आकाङ्क्षा भण्डारी, सुमन परियार, सुनिश्चत गहतराज, पूजा पाण्डे, नमन सुनार, खुसी पंगेृनी, नितेश क्षेत्री, दीपांशु श्रेष्ठ, माधव पौडेल नितु भट्टराई उत्कृष्ठ १० मा पर्न सफल भएको निर्णायक नारायण थापाले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ प्याब्सनका अध्यक्ष कृष्ण खनालले प्रतियोगिताले नव प्रतिभाहरूको खोजी गरी कलाकारितामा पहिचान बनाउन महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले गायन प्रतिभाको खोजी गर्न कार्यक्रम आयोजना गरिएको र यसलाई आगामी दिनमा निरन्तरता दिइने बताउनुभयो । कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, हिसान रुपन्देहीका अध्यक्ष अनन्त शर्मा, ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष राधेश्याम राजभण्डारी, गायक बसन्त श्रेष्ठ,  पूर्व दीप गायन तारा अक्सर अली, उपप्राचार्य कलाधर अर्याल, ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य, प्लस टु संयोजक वसन्त जोशी र रेखा श्रेष्ठले यस्ता कार्यक्रमले प्रतिभाको पहिचानलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यालय सवै प्रतिभाको लागि साझा चौतारो बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगिता संयोजक सङ्गीता शाक्यले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन पुरुषोत्तम पाण्डेय, दिनेश खड्का र महेश खनालले गर्नुभएको थियो । प्रतियोगिताको फाइनल राउन्ड फागुन ५ गते विद्यालय प्राङ्गणमा हुने र प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार, तृतीय हुनेले ५ हजार र सान्त्वना हुने दुई जनाले जनही २/२ हजार तथा शिल्ड र मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने विद्यालयका उपप्राचार्य कलाधर अर्यालले जानकारी गराउनुभयो ।

यस्तै, विद्यालयले बिहीबार ३६ औ वार्षिक उत्सवको अवसरमा विभिन्न सम्मान तथा पुरस्कार वितरण गरिने जनाएको छ । कार्यक्रममा  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका पूर्व केन्दी्रय अध्यक्ष पुरुषोत्तम न्यौपाने लगायतका कलाकारको प्रस्तुती रहने छ ।