देवदहमा आंखा शिविर

1.3K

देवदहमा आंखा शिविर

देवदह, ५ फागुन । देवदह ईङ्गिलस बोर्डिङ्ग स्कुलमा आंखा परीक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ देवदहको आयोजना, देवदहको बोर्डिङ्ग स्कुलको ब्यवस्थापन र लायन्स आ“खा अस्पताल बुटवलको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

कार्यक्रममा बिद्यालयका प्रिन्सिपल विष्णुप्रसाद पौडेलले आ“खा मानिसको सबैभन्दा महत्वपुर्ण आंखा भएकाले आंखा जा“चमा सम्वेदनशिल हुन सबैलाई आग्रह गरेका थिए । त्यसैगरी लायन्स क्लबका रिजन चियर प्रसन महेन्द्र ध्वजुले लायन्स क्लवको सयौ वार्षिकोत्सको अवसर पारी एक सय बिद्यालयमा आंखा शिविर संचालन गरिदै आएको बताए ।

बिद्यालयका ६ सय बिद्यार्थीहरुको आंखा जा“च गरिएकोमा आंखाको जटिल समस्या भएका १२ जना बिद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरिने बिद्यालयले जनाएको छ । बुटवल लायन्स आखा अस्पतालका प्राविधिक समुहको सहयोगमा आंखा जाच गरिएको थियो ।