आईसिटी क्वीजमा होराईजन प्रथम

1.2K

आईसिटी क्वीजमा होराईजन प्रथम

बुटवल, १५ फागुन । क्यान महासंघ रुपन्देहीको आयोजनामा बुटवल १२ रामनगर स्थित बुटवल मण्डपमा जारी क्यान ईन्फोटेक २०१७ मा आज बिद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको छ ।

आईसिटी क्वीज नाम दिईएको हाजिरीजवाफ प्रतियोगितामा न्यू होराईजन प्रथम, सिद्धार्थ ईङ्लिस बोर्डिङ् द्वितीय, कालिका मावि तृतीय र प्यारामाउण्ट बोर्डिङ् सान्त्वना भएका थिए । प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र दुई हजार नगद पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक कमल ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै पाँचौं स्थानमा आउने होराईजन जिबिएसलाई १ हजार पाँचसय रुपैंया सान्त्वना पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा रुपन्देहीका १५ बिद्यालय सहभागि थिए । क्यान ईन्फोटेकमा दर्शकको उपस्थिती उल्लेखनीय रहेको आयोजकले बताएका छन् । उक्त ईन्फोटेक सोमबार समापन हुँदैछ ।