
बुटवल, २० फागुन । रुपन्देहीको मणिग्राममा रहेको राममणि बहुमुखी क्याम्पसमा नेविसंघ र क्रान्तिकारीले चार दिनदेखि धर्ना दिएका छन् । फागुन १८ गते निर्वाचन गर्नका लागि सबै तयारी पुरा भैसक्दा पनि निर्वाचन नगरिएको भन्दै संयुक्त बिद्यार्थी संगठनले बिरोध गरेका हुन् ।
१७ गते बेलुका एमाले निकटको अखिलले निर्वाचन समितिको कार्यालयमा ताला लगाइदिएपछि निर्वाचन बिथोलिएको थियो । नेविसंघका इकाइ सभापति तथा स्ववियुका सभापतिका उम्मेदवार समेत रहेका चिरञ्जिबी बस्यालले क्याम्पसले कुनैपनि हालतमा निर्बाचन गराउनुपर्ने बताउछन् । उनले निर्वाचनको मुखैमा सबैतयारी पूरा भएपछि निर्वाचन रोकिनु दुखद भएको भन्दै निर्वाचन गराउन आग्रह गरे ।
अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष सागर न्यौपानेले बिद्यार्थीको हक अधिकार कुष्ठीत भएको भन्दै अखिलको तालाका कारण निर्वाचन रोक्न नहुने बताए । क्याम्पसले भने आज पनि ठूला बिद्यार्थी संगठनसंग बार्ता गरेको थियो,भोली बिहान ७ बजे सरोकारवालाका बिचमा बार्ता डाकिएको क्याम्पसका प्रमुख मोहनराज शर्माले बताए ।
१७ गतेबाटै नेविसंघ र अखिल क्रान्तिकारीले धर्ना र अन्य बिरोधका कार्यक्रम जारी राखेका हुन् । निर्वाचन नगरिए कडा आन्दोलन गरिने उनीहरुको भनाइ छ । सो क्याम्पसमा झण्डै ८ सय बिद्यँर्थी स्ववियुका भोटर छन् । क्याम्पसमा नेविसंघ र अखिल क्राान्तिकारीको संयुक्त प्यानल र अखिलको छुट्टै प्यानल निर्वाचनको तयारीमा थियो ।