देवदहमा निःशुल्क स्वास्थ्य शिविर

1.3K

देवदहमा निःशुल्क स्वास्थ्य शिविर

देवदह, २० फागुन । पहु“च नपुगेका निमुखा जनतालाई निःशुल्क स्वास्थ्य सेवाले ठूलो राहत मिल्ने रुपन्देहीको देवदहमा भएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

देवदहमा भएको एक दिने निःशुल्क मुटु, दम तथा मृगौला सम्बन्धि भएको शिविर कार्यक्रममा बोल्दै उनीहरुले न्युन आर्थिक अवस्था भएका व्यक्तिहरुले यस्तो शिविरबाट प्रत्यक्ष लाभ उठाउन सक्ने बताएका थिए । देवदह स्वास्थ्य चौकीको आयोजना देवदह नगरपालिका, कोलिय सामुदायिक विकास केन्द्र, रोटरी क्लब अफ बुटवलको सहयोगको रहेको थियो ।

निःशुल्क शिविरमा गौतम बुद्ध मुटु अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । शिविरमा इको ७५ जना,  २ सय १७ जना, ल्याव १ सय ७१ ज्ना र पिएफटी १४ जना गरी ३ सय ८५ जनाले स्वास्थ्य परीक्षण गरेको आयोजकले जनाएको छ । कार्यक्रममा कोलिय सामुदायिक विकास केन्द्रका अध्यक्ष प्रकाश अर्याल, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चुडामणी भण्डारी, देवदह नगरपालिकाका कार्यकारी अधिकृतद्धय अमरनाथ ढकाल, रामप्रसाद सापकोटा, गौतम बुद्ध सामुदायिक  मुटु अस्पतालका एजाज आलम, डांंं. समिर गौतम, कोलिय साकोसका सुवकान्त न्यौपाने, नेपाली कागे्रसका गुनाखर भूर्तेल, नेकपा एमालेका यम राना, नेकपा माओवादी केन्द्रका मोतिलाल ढकाल, क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने लगायतले भनाई राखेका थिए ।