इन्टलेक्च्यूअलले मनायो वार्षिकोत्सव

493

इन्टलेक्च्यूअलले मनायो वार्षिकोत्सव

बुटवल, २४ फागुन । इन्टलेक्च्यूअल एकेडेमी स्कुल बुटवल १३ कालिकानगर, मझुवाले आज वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका प्रमुख टेकबहादुर थापाले संस्थागत विद्यालय नतिजामुखि भन्दापनि संस्कारमुखि हुुनुपर्ने बताउदै इन्टलेक्च्यूअलले त्यस तर्फ ध्यान दिएको बताउनुभयो । उह“ाले विद्यालय स्थापना गर्नुभन्दापनि मुख्य कुरा त्यसले दिने सन्देश भएकाले त्यसतर्फ लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्याब्सन रुपन्देहीका कोषाध्यक्ष विनोद ज्ञवालीले निजी विद्यालयले मुलुकको शैक्षिक विकासमा महत्वपुर्ण भुमिका खेलेको धारणा राख्नुभयो । सोहि अवसरमा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले अभिभावक जिम्मेवार नभएसम्म विद्यार्थीको शैक्षिक अवस्थामा सुधार नहुने बताउनुभयो ।

कार्यक्रममा स्कुलका प्रबन्धनिर्देशक एवं संचालक रामराज पोख्रेल, प्राचार्य ध्रुवराज पन्थी, न्यु होराइजन मा.वि.का बालकृष्ण भण्डारी, स्टेशनरी ब्यवसायी महासंघका हरि अर्याल, अभिभावक रेश्मीराज गैर शिक्षक सोनु थापा लगाएतले विचार राखेका थिए । सोहि कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका प्रविधि सम्बन्धी सामाग्री (विज्ञान प्रर्दशनि) र विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक, कर्मचारीलाई सम्मान गरिएको थियो ।