बुटवल, ४ चैत । लुम्विनी अञ्चल अस्पताल बुटवलको लागि पाँच करोड बढी रकम बिनियोजन भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक ५ करोड १८ लाख रुपैया बजेट स्विकृत गरेको अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्री गगन थापाको प्रत्यक्ष निर्देशनमा अस्पतालमा अत्याधुनिक उपकरण खरिदका लागि १ करोड ९८ लाख, अप्रेसन(शल्यक्रिया) भवनका लागि २ करोड, डायगोनोइष्ट भवनका लागि १ करोड र अस्पतालको आकस्मीक उपचार भवनको मर्मत तथा परिसर भित्रको अत्यावश्यक सडक मर्मत र कालोपत्रेका लागि २० लाख रुपैया बजेट बिनियोजन भएको हो ।
आवश्यक र आधुनिक उपकरण खरिद र नयाँ भवन निर्माणका लागि प्रचलित कानुन अनुसार छिट्टै टेण्डर आव्हान गरिने अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालले जानकारी दिनुभयो । अस्पतालमा अत्याधुनिक उपकरणको अभावमा सेवाग्राहीको उपचारमा समस्या हुदै आएको अबस्थामा स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक उपकरण खरिद र अत्याधुनिक भवन निर्माणका लागि बजेट बिनियोजन गरेपछि समस्या हल गर्न सहयोग पुग्ने अस्पतालका सुचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिनुभयो ।
लुम्विनी अञ्चल अस्पतालमा लुम्विनी अञ्चलका ६ जिल्लाका सहित मध्ये पश्चिमका केही जिल्ला र भारतबाट समेत उपचार गराउन बिरामी आउने गर्दछन । स्वास्थ्य मन्त्रालयको कार्यभार गगन थापाले सम्हालेपछि सरकारी अस्पतालको स्तरबृद्धि र त्यहाँबाट प्राप्त हुने सेबा र सुबिधालाई जनमैत्रि बनाउने अभियानको थालनी भएको हो ।