बुटवल, ४ चैत । रुपन्देहीको नयाँ गाउपालिका कञ्चन गाउपालिकाको बेलभरीयामा निःशुल्क स्वास्थ्य शिविर भएको छ । महिलाको पाठेघर खस्ने समस्या, प्रसुति समस्या, बालरोग तथा सामान्य चिकित्सक सम्वन्धिका विरामीहरुको शिविरमा स्वास्थ्य परीक्षण गरिएको छ ।
आफ्नो २२ औं स्थापना दिवसको अवसरमा ईन्द्रणी बहुउद्देश्य सहकारी संस्था बुटवलले आज बेलभरीयामा आयोजना गरेको शिविरमा ३ सय २४ जनाको स्वास्थ्य परीक्षण गरिएको हो । शिविरमा परीक्षण गराएका मध्ये ६ जनामा जटिलप्रकारको आङ खस्ने (पाठेघर खस्ने) समस्या भएकाले उनीहरुको शल्यक्रियाका लागि शिविरबाट रिफर गरिएको ईन्द्रणीका अध्यक्ष मित्रबहादुर शाक्यले जानकारी दिनुभयो । उनीहरुको देवदह मेडिकल कलेज देवदह भलुहिमा निःशुल्क शल्यक्रिया गरिने ब्यवस्था मिलाइएको छ ।
गौतमबुद्ध फाउण्डेशन रुपन्देहीको समन्यव तथा देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको शिविरका लागि स्थानीय लालिगुरास आमा समुह, प्रतिक्षा युवा क्लव, संगम स्पोट्स क्लव, रोटरी सामुदायिक गाउ गजेडि, जागृती आमा समुह र टोल सुधार समितिले शिविरका लागि सहयोग गरेका थिए ।
ईन्द्रणीका अध्यक्ष मित्रबहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चन गाउपालिकाका कार्यकारी अधिकृत टेकराज भट्टराई, देवदह मेडिकल कलेजका कार्यक्रम संयोजक डाक्टर प्रदिप ज्ञवाली, स्थानीय संयोजन समितिका संयोजक शालिकराम पौडेल, ईन्द्रणीका निर्वतमान अध्यक्ष शिवलाल राना, उपाध्यक्ष ध्रुर्वकुमार धिताल, कोषाध्यक्ष दलबहादुर राना लगायतले स्वास्थ्य शिविरले ग्रामिण समुदायका ब्यक्तिलाई स्वास्थोपचारमा पहँुच पु¥याउने भएकाले समयसमयमा शिविरको आयोजना गर्नु पर्ने बताउनुभयो । कार्यक्रमको संचालन इन्द्रणीका सचिव नेत्रलाल अर्यालले गर्नु भएको थियो ।