आज कोजाग्रत पूर्णिमा

491

आज कोजाग्रत पूर्णिमा

Dashain11काठमाडौँ, ९ कात्तिक । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेर समापन गरिँदैछ ।

आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमणमा हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । दसैँ र नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

आज बेलुकी ८ बजेर १३ मिनेटसम्म चतुर्दशी तदुपरान्त पूर्णिमा लागे पनि पूर्णिमा व्रत भने मध्यरात मङ्गबार प्रातःकाल बस्नुपर्ने र सोमबार मध्यराति नै कोजाग्रत मनाउनुपर्ने पञ्चाङ्गमा उल्लेख छ । आकाशदीप दान र कात्तिक स्नान पनि असोज १० गते मङ्गलबारदेखि सुरु हुनेछ । रासस