
ललित पाण्डेय/
सैनामैना, ३ बैशाख । हिजो देखि सुरु भएको न्यु एभेरष्ट नकआउट फुटबल प्रतियोगितामा आज सालझण्डी फुटबल क्लब बिजयी भएको छ । बसन्त फुलबारी लाई २–० गोल अन्तरले पराजित गर्दै सालझण्डीले खेल जितेको हो ।
सालझण्डी जर्सी नं. ५ का होम बहादुर पराइ मगर र जर्सी नं. २३ का विक्रम काउजाले एक/एक गोल गरेका थिए । आजको खेलमा सालझण्डी का होम बहादुर पराइ मगर खेलको म्यान् अफ् द म्याच घोषित भएका छन् । गैडहावा गाउपालिका ८ देविनगर मैनियामा रहेको न्यु एभरेष्ट युवा क्लवको आयोजनामा सञ्चालन भईरहेको प्रतियोगितामा रुपन्देही जिल्लाका १६ टिमको सहभागिता रहेको छ । भोली बेलभरिया फुटवल क्लव र रानीबगिया फुटबल क्लब बिच खेल हुने क्लबका सचिव सुवास पुनले जानकारी दिएका छन् ।
बैशाख १७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम पुरस्कार रु ५१ हजार १ सय ५१, द्वितीय पुरस्कार ३० हजार ३ सय ३०, सहित कप, मेडल सहित प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा सान्तवना हुने टिमले रु १६ हजार पुरस्कार प्राप्त गर्ने छ । साविक सुर्यपुरा गाविस वडा नं २ मा रहेको दुर्गा मन्दिर नजिकै रहेको खेल प्राङ्गणमा प्रतियोगिता सञ्चालन भएको हो ।