दीपमा विद्यार्थीको निःशुल्क आँखा परिक्षण

563

दीपमा विद्यार्थीको निःशुल्क आँखा परिक्षण

बुटवल, साउन । बुटवल—८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलमा आज बुधबारबाट निःशुल्क आँखा परिक्षण शिविर सञ्चालन गरिएको छ ।

विद्यालयको आयोजना र लायन्स आँखा अस्पतालको प्राविधिक सहयोग तथा लियो, लायनेस र लायन्स क्लव अफ बुटललको संयोजनामा शिविर सञ्चालन गरिएको हो ।

साउन २५ देखि २७ गतेसम्म सञ्चालन हुने शिविरमा आज पहिलो दिन करीव ९ सय विद्यार्थीको आँखा परिक्षण गरिएको छ । शिविरमा सहभागी भएका केही विद्यार्थीहरुमा दृष्टिदोष, सुख्खापन, चिलाउने जस्ता समस्या भेटिएको सिनियर नेत्र सहायक मनोहर न्यौपानेले बताउनुभयो ।

बुटवल लायन्स आँखा अस्पतालका विनोद चौधरी,जीवन आचार्य लगायतले आँखाको परिक्षण गर्नुभएको थियो ।
चस्मा लगाउनुपर्ने विद्यार्थीहरुलाई निःशुल्क रुपमा विद्यालयमै उपलब्ध गराउने व्यस्था मिलाईएको छ ।

बालबालिकाहरुको स्वास्थ्य राम्रो हुन सकेमा त्यसको सकारात्मक प्रभाव पढाइमा पर्ने भएकोले सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारको शिविर राखिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।

यसअघि विद्यालयका सह—प्राचार्य सुरेन्द्र कुमार शाक्यको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा सह प्राचार्यद्धय कलाधर अर्याल, ज्ञानु थापा, बुटवल लायन्स आँखा अस्पतालका सिनियर नेत्र सहायक मनोहर न्यौपाने, लियो क्लव अफ बुटलका अध्यक्ष महेश खनाल, विद्यालयका स्वास्थ्य सहायक भुवन रजाली लगायतले आँखा मानव जीवनको अभिन्न अगं भएकोले यसको नियमित परिक्षण गरी दृष्टिविहिन हुनबाट बच्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन दिनेश खड्काले गर्नुभएको थियो ।