बुटवल, १३ भदौ । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा गत आर्थिक वर्षमा ४ हजार २ सय ९८ जना लक्षित समुहले निशुल्क सेवा लिएका छन् । लुम्बिनी अञ्चल अस्पताल बुटबलको सामाजिक सेवा इकाईले लक्षित समुहलाई निशुल्क सेवा तथा औषधी वितरण गरिएको जनाएको छ ।
सेवा लिनेमा गरिब २ हजार १ सय, असहाय २२, लैगीक हिसा प्रभाबित ४, जेष्ठ नागरिक १ हजार ८ सय ६८, महिला स्वास्थ्य स्वयम सेविका, ५३ जना कुपोषित ११ जना, सहिद परिवार ५ जना दैबिकप्रकोप प्रभाबित १३ जना थुनुवा १० जना दुर्घटनामापरि उपचारमा समस्या भएको १ गरि जम्मा ४ हजार २ सय ९८ जनालाई निशुल्क सेवा प्रदान गरिएको सामाजिक सेवा ईकाई प्रमुख दयासागर पन्थीले बताउनु भयो । तिमध्ये २ हजार ३ जना महिला २ जहरा २ सय ९५ जना पुरुष र १ जना लोपन्मुख रहेको प्रमुख पन्थीले जानकारी दिनुभयो ।
अस्पतालले अहिले ५३ लाख ३ हजार १ सय आठ रुपैयाको सेवा तथा औषधी प्रदान गरिएको हो । इकाई प्रमुख पन्थीका अनुसार गरिवले सेवा पाउनको लागी गाउ तथा नगरपालिका र वडाको सिफारिस जेष्ठनागरिकले बृद्ध भत्ता पाउने काड नागरिकता लगायतको उमेर खुल्ने परित्रयपत्र, महिला स्वयम सेविका लगायतले परिचय पत्रको आधारमा सेवा लिएका छन् ।