बुटवलमा डेंगुले महामारीको रुप लिने सम्भावना बढ्दै

1.3K

बुटवलमा डेंगुले महामारीको रुप लिने सम्भावना बढ्दै

बुटवल, ३० असोज । बुटवलमा डेंगु रोगको महामारीको सम्भावना बढ्दै गएको अस्पतालले जनाएको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलका अनुसार असोज महिनामा मात्रै अस्पतालमा १६ जना डेंगुका बिरामी थपिएका छन् ।

यस अंगाडी अञ्चल अस्पताल लुम्बिनीमा ४४ जनाका उपचार भईरहेको थियो । अहिले अस्पतालमा ६० जना डेंगु रोगका बिरामीको उपचार भईरहेको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिनुभयो ।

भदौको दोस्रो हप्तादेखि स्क्रप टाईफसका बिरामी बढ्न थाले । लुम्बिनी अञ्चल अस्पतालमै स्क्रप टाईफसका ५५ जनाको उपचार भईरहेको छ । जसमध्ये ४ जनाको मृत्यु भएको थियो । असोज दोस्रो हप्तादेखि स्क्रब टाईफस नियन्तरणमा छ ।

चार जनाको मृत्यु भईसक्दा पनि स्क्रब टाईफस महारीको रुप लिएन । तर डेंगुमा महामारीको सम्भावना बढ्दै गएको अस्पतालका सूचना अधिकारी रेग्मीले बताउनु भयो । अस्पतालमा उपचाररत धेरै जसो बिरामी बुटवल उपमहानगरपालिका वडा नं. ६, ७, ८, ९, १० र ११ का छन् ।

उनीहरुको उपचारकालागि ह्वाईट ब्लड सेल आवश्यक पर्छ । अस्पतालमा बिरामीको उपचारकालागि रगतको अभाव रहेको समेत उहाँले बताउनु भयो । एडिस एजिप्टाईल जातको पोथी लामखुट्टेले फूल पार्नकालागि रगतको आवश्यकता पर्दछ । उक्त लामखुट्टेको टोकाईबाट मानिसमा डेंगुको संक्रमण हुन्छ ।

बुटवलमा डेंगु महामारी उन्मुख भईरहँदा अव त्यसलाई नियन्तरण गर्ने तर्फ बुटवल उपमहानगरपालिका लाग्नु पर्छ । एडिस एजिप्टाईल जातको पोथी लामखुट्टेको टोकाईबाट बाँच्नकालागि लामखुट्टेको बासस्थान नष्ट गर्ने र लामखुट्टेको टोकाईबाट जोखिन स्वास्थ्य कर्मीहरुको सुझाव छ ।