ल्याब परीक्षणमा बढी शुल्क नलिन मेलानको आग्रह

455

ल्याब परीक्षणमा बढी शुल्क नलिन मेलानको आग्रह

बुटवल, १२ कात्तिक । रूपन्देहीमा अहिले डेंगु रोगको सङ्क्रमण बढेको छ । डेंगुको सङ्क्रमण बढेसँगै रूपन्देहीमा सञ्चालित विभिन्न ल्याबले डेंगु परीक्षणमा मनोमानी शुल्क लिएको सेवा ग्राहीले गुनासो गरेपछि मेडिकल ल्याब्रोटरी एशोसियशन नेपाल (मेलान) रूपन्देहीले बढि शुल्क नलिन आग्रह गरेको छ ।

पछिल्लो समय रूपन्देहीसहित यस क्षेत्रमा डेंगु रोगीहरू दैनिक रूपमा भेटिन थालेपछि परीक्षण गर्ने सेवा ग्राही बढ्दै गएका छन् । मेलान रूपन्देहीका अध्यक्ष गुणानिधि खनाल र सचिव नारायण पौडेलले प्रेस विज्ञप्ति जारी गरी डेंगु परीक्षण गरेको शुल्क रु. एक हजार पाचास मात्र लिन पाउने गरी निर्णय भएको जानकारी गराउनुभयो ।

उहाँले मेलानका पदाधिकारीसहितको बैंठकबाट रु. एक हजार पचास भन्दा बढि रकम डेंगु परीक्षणमा लिन नपाउने गरी निर्णय भएको बताउनु भएको छ । साथै डेंगु परीक्षण गर्ने किटको अभाव भएको भन्ने हल्ला निराधार भएको र किट पर्याप्त मात्रामा रहेको जानकारी दिनुभयो । लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल सुपरीटेन्डेन्ट डा कृष्ण खनालले हालसम्म १७० जना डेंगुका रोगी भेटिएको बताउनुभयो ।