तरुणदलको फूटसल प्रतियोगिता सुरु

528

तरुणदलको फूटसल प्रतियोगिता सुरु

बुटवल, १९ कात्तिक । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल बुटवल नगर समितिको आयोजनामा तरुणदल वडा स्तरीय फूटसल प्रतियोगिता सुरु भएको छ ।

आईतबारदेखि सुरु भएको प्रतियोगिता सोमबार सकिने र प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका १९ वडा र आयोजक नगर समिति गरी २० टिम प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन गर्दै नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले यस्ता प्रतियोगिताले तरुणहरुलाई प्रतिस्पर्धी बताउने विश्वास व्यक्त गर्नुभयो । उहाँले तरुणमा आपसी सद्भाव र एकताकालागि पनि खेलकुद अपरिहार्य रहेको भन्दै तरुणदलले कार्यक्रम गरेर राम्रो काम गरेको बताउनु भयो ।

नेपाल तरुण तल बुटवल नगर समितिका सभापति सुजन पुनको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जिवी जोशी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधिहरु हरिप्रसाद श्रेष्ठ, बालकुमारी भण्डारी, कुमार केसी, तरुणदल रुपन्देहीका सभापति सोमबहादुर गुरुङ्, नेपाल प्रेस युनियन रुपन्देहीका सभपाति बिक्रम खड्का, कृष्ण न्यौपाने, हरि क्षेत्री, अतित थापा लगायतले भनाई राखेका थिए ।

प्रतियोगिताका विजेता टिमलाई २० हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेतालाई प्रोत्साहन स्वरुप १० हजार रुपैंया नगर पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा बचेको रकमबाट बृद्धबृद्धालाई जाडो समयमा कम्वल वितरण गर्ने बताईएको छ ।