बुटवल, ६ फागुन । ल्याव टेक्निीसियनहरुको संस्था मेडिकल ल्याब्रोटोरी एशोसियशन अफ नेपाल (मेलान) रुपन्देहीको अध्यक्षमा नारायण पौडेल निर्वाचित हुनु भएको छ । एशोसियशनको हालै बुटवलमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा पौडेल निर्वाचित हुनु भएको हो ।
कार्य समितिको उपाध्यक्षमा विष्णु पौडेल, सचिवमा अमर थापा, कोषाध्यक्षमा अस्मिता बिसी र सहसचिवमा अर्जुन भण्डारी निर्वाचित हुनु भएको छ । १५ सदस्यीय कार्यसमितिको सदस्यहरुमा सीता थापा, चित्रमायाँ थापा, सीर्जना पोखरेल, पशुपति भट्टराई, बालकृष्ण पौडेल, प्रविण शाह, गणेश पछाई, दिपक क्षेत्री, सागर पाठक र अनिल आचार्य निर्वाचित भएका छन् ।
एशोसियशनका अध्यक्ष गुणनिधी खनालको अध्यक्षतामा भएको अधिवेशनमा एशोसियशनका केन्द्रीय महासचिव राजेन्द्र खड्का, औषधी व्यबसायी संघ लुम्बिनीका अध्यक्ष शिव ज्ञवाली, डिपि खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।