अभियन्ता मुक्तिकोअभियान = ‘ बिरामीलाई भेट्न जाँदा स्वास्थ्य लाभ कार्ड’

1.3K

अभियन्ता मुक्तिकोअभियान = ‘ बिरामीलाई भेट्न जाँदा स्वास्थ्य लाभ कार्ड’

बुटवल, २० जेठ । सामाजिक अभियन्ता मुक्तिराज पौडेलले आफ्नो जन्मदिनको अवसरमा अस्पतालमा भर्ना भएका बिरामीको सहयोगार्थ स्वास्थ्य लाभ कार्डको सुरुवात गर्नु भएको छ । आफन्त तथा शुभेच्छुक बिरामी हुदा नगद सहयोगको अभियान चलाउनु भएका अभियन्ता पौडेलले आईतबार औपचारिक कार्यक्रम आयोजना गरी नगद सहितको स्वास्थलाभ कार्डको शुभारम्भ गर्नु भएको हो । पौडेलले पहिलो दिन बुटवल हस्पिटल प्रालिमा उपचारका लागि भर्ना भएका ५० जना बिरामीलाई स्वास्थ्य लाभ कार्ड बितरण गर्नु भएको छ । स्वास्थ्य लाभ कार्डबाट बिरामीले २ सय ५० रुपैया प्राप्त गर्नेछन् ।
तत्कालका लागि बुटवल हस्पिटल प्रालिमा स्वास्थ्य लाभ कार्डको व्यवस्था गरेको र निकट भबिष्यमा यस क्षेत्रका अन्य अस्पतालहरुमा पनि स्वास्थ्य लाभ कार्डको व्यवस्था गर्ने पौडेलले बताउनु भयो । उहांले आफ्नो नगद सहित स्वास्थ्य लाभ कार्डको अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको छ । बिरामी भेट्न जादा फलफुल लिएर जानु भन्दा स्वास्थ्य लाभ कार्ड मार्फत नगद सहयोग गर्दा त्यो रकमको सदुपयोग हुने र बिरामीलाई पनि थोरै भएपनि राहत हुने उहांले बताउनु भयो ।
बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नप्रसाद पौडेलले केही गर्नुपर्छ भन्ने सोच भएका श्रृजनसिल युवा पौडेलले सुरु गरेको स्वास्थ्यलाभ कार्ड अभियान सकारात्मक र स्वागतयोग्य भएको बताउनु भयो । उहाँले यो अभियान बिरामीका लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै अभियानमा हस्पिटल र आफ्नो व्यक्तिगत तर्फबाट समेत पुर्ण सहयोग रहने बताउनु भयो ।
बुटवल अस्पताल प्रालिका प्रवन्ध निर्देशक समेत रहनु भएको अभियन्ता पौडेलले अस्पतालमा नागरिक वडा पत्र जस्तो गरी सबैले देख्ने ठाउँमा सूचना राखेर सबैलाई यसको जानकारी गराउने बताउनु भयो । उहाँका अनुसार बिरामी भेट्न जाँदा टिकट काउन्टरमा स्वास्थ्यलाभ कार्ड किन्न पाईने र उक्त कार्ड बिरामीले काउण्टरबाट साट्ने व्यबस्था मिलाईएको पनि जानकारी गराउनु भयो ।