स्थापना दिवसमा होटल व्यबसायीद्वारा रक्तदान

456

स्थापना दिवसमा होटल व्यबसायीद्वारा रक्तदान

बुटवल, १३ असार । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रुपन्देहीले संस्था स्थापना भएको २० औं स्थापना दिवसमा रक्तदान गरेको छ । स्थापना दिवसमा निरन्तर रक्तदान गर्दै आएको होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीले बुधबार गरेको रक्तदान कार्यक्रममा १८८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक डिल्लीराज अर्यालले बताउनु भयो ।

रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा संघको कार्यालय परिसरमा गरिएको रक्तदान गरिएको संघका अध्यक्ष समुन्द्र जिसीले जानकारी दिनुभयो ।

त्यस्तैगरी बुधबार नै ईलाका प्रहरी कार्यालय बुटवलका नव आगन्तुक प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्ललाई संघले स्वागत गरेको छ । संघले व्यबसायी भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरि प्रनाउ मल्लालाई स्वागत गरेको संघका महासचिव माधवकुमार खनालले बताउनु भयो ।