आत्महत्याको प्रमुख कारण मानसिक बिमार

885

आत्महत्याको प्रमुख कारण मानसिक बिमार

बुटवल, २७ भदौ । विश्वमा पछिल्लो सयम आत्महत्या गर्नेको संख्यामा निकै बढ्दै गएको छ । अहिले विश्वामा आत्महत्याको बृद्धिदर वार्षिक १३ प्रतिशत छ । विश्वमा हाल बार्षिक १ करोड ६० लाखले आत्महत्याको प्रयास गर्दछन् भने ८ लाख आत्महत्याकै कारण मृत्यु हुन्छ । नेपालमा भने वार्षिक ७ हजार जनाले आत्महत्याको प्रयास गर्ने गर्दछन् ।

नेपालको तथ्यांकले पनि प्रत्येक वर्ष आत्महत्या बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७२/०७३ मा नेपालमा ४ हजार ६८० जनाको आत्महत्याका कारण ज्यान गएको थियो भने २०७३/०७४ मा ५ हजार १२४ जना र आर्थिक वर्ष २०७४/०७५ मा ५ हजार ३१७ ले आत्महत्या गरेका थिए ।

जानीजानी आफूले आफैलाई मार्ने कामलाई आत्महत्या भनिन्छ । अन्य कारणले भन्दा आत्महत्याका कारण विश्वमा मृत्यु हुनेको संख्या बढ्दै गएपछि आत्महत्या रोकथामकालागि सन् २००३ देखि सेप्टेम्वर १० मा विश्वमा आत्महत्या विरुद्धको दिवस मनाउन थालिएको छ ।
त्यसरी आत्महत्या गर्नेमा ९० प्रतिशत व्यक्ति मानसिक बिमार भएको मानसिक रोग बिशेषज्ञ डा. बिक्रम काफ्ले बताउनु हुन्छ ।

दिवसको अवसर पारेर सोमबार बुटवलमा पनि आत्महत्या रोकथामकालागि जनचेतनामुलक कार्यक्रम गरिएको थियो । लालीगुराँस नसा तथा मनोरोग क्लिनिक र लायन्स क्लव अफ बटौलीको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै मानसिक रोग बिशेषज्ञ डा. काफ्लेले डिप्रेसन, मादक पदार्थको अत्यधिक सेवन गर्ने, कडा किसिमको मानसिक समस्या भएको, छिटो रिसाउने, पहिले पनि आत्महत्या प्रयास गरेको व्यक्ति यसको शिकार भएको बताउनु भयो ।

आत्महत्या गर्ने प्रमुख कारण मानसिक बिमार भएपनि अन्य कारणले ज्यादै न्यून भएकाले मानसिक रोगको समयमै उपचार गर्न सुझाव उहाँको सुझाव छ । त्यस्तै साईकोलोजिस्ट यशोदा बगालेले आत्महत्या गर्ने व्यक्तिले आत्महत्या गर्नुपूर्व केही न केही संकेत गरेको हुने उल्लेख गर्दै ती संकेत समयमै पहिचान गर्न सकेमा आत्महत्या रोक्न सकिने बताउनु भयो । आत्महत्या रोकथामकालागि सम्भावित लक्षणहरुको पहिचान, मानसिक रुपमा स्वस्थ्य रहन स्वहेरचाहको अभ्यास, उपलब्ध सेवाहरुको जानकारी र पहुँच हुनुपर्ने तथा आत्महत्या बारेर खुलेर कुरा गर्नुपर्ने उहाँको सुझाव छ ।

कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय बुटवलको प्रहरी निरिक्षक अमरबहादुर थापाले बिभिन्न कारणबाट आत्महत्या हुने गरेको बताउँदै आत्महत्या रोक्न परिवार पनि सजग हुनु पर्ने बताउनुहुन्छ । उहाँले बुटवल उपमहानगर भित्र चालु आर्थिक वर्षमा २ जनाले आत्महत्या गरिसकेको उल्लेख गर्दै यसलाई रोक्नकालागि परिवार र समाजको भूमिका धेरै हुने उल्लेख गर्नुभयो ।

त्यस्तै लायन्स क्लवका पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठले आत्महत्यामा नेपाल विश्वमा आठौं स्थानमा रहेको बताउँदै समयमै सचेत हुन सकिएन भने आत्महत्याले विकराल रुप लिने बताउादै आत्महत्या रोक्नकालागि सबै लाग्नुपर्ने बताउनु भयो । लायन्स क्लव अफ् बटौलीका अध्यक्ष बिनित भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रम पूर्व बुटवलमा आत्महत्या रोकथामकालागि जनचेतनामुलक ¥याली प्रदर्शन गरिएको थियो ।