बुटवलमा गरियो रगत परिक्षण कार्यक्रम

693

बुटवलमा गरियो रगत परिक्षण कार्यक्रम

बुटवल, १५ असोज । रगतको परीक्षणबाट देखिने विभिन्न रोगको जानकारी गराउने उद्देश्यले बुटवलमा एक दिने निःशुल्क रगत परिक्षण शिविर कार्यक्रम गरिएको छ । कसौधन सेवा समितिसँग आवद्ध भएका सदस्यहरुको रगत परिक्षणका माध्यमले फेला पर्ने रोगको जानकारी दिने उद्देश्यले सेवा समितिले निःशुल्क रगत परिक्षण शिविर राखेको हो ।

शिविरमा ७० जनाको रगत परिक्षण गरिएको थियो । जिनोसिक डायग्नोष्टिक ल्यावोरेटोरी प्रालिको प्राविधिक सहयोगमा भएको शिविरमा रगतका माध्यमबाट सुगर, कोलेष्टोर, युरिकएशिड, थाईराईड, मृगौलाको समस्या सम्वन्धी रक्त परिक्षण गरिएको थियो । शिविरमा ब्लडप्रेसर पनि जाँच गरिएको थियो ।

कसौधन सेवा समितिका अध्यक्ष राधेश्याम कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष अजय काश्यप, कसौधन महिला समितिका अध्यक्ष सिता गुप्ता कसौधन, जिनोसिक डायग्नोष्टिक ल्यावोरेटोरी प्रालिका कार्यबहाक अध्यक्ष मानबहादुर श्रेष्ठ, सेवा समितिका सचिव धर्मेन्द्र कसौधन लगायतले रगत परिक्षणले मानव स्वास्थ्यमा देखिएको समस्याका बारेमा जानकारी लिनदिन सजिलो हुने भएकाले कार्यक्रम फलदायि रहेको बताउनुभयो ।

कसौधन समुदायका सदस्यहरुलाई स्वास्थ्यका बारेमा चनाखो र सचेत बनाउनका लागि निःशुल्क स्वास्थ्य शिविरसँगै रगत परिक्षण शिविर राखिएको महिला समितिकी पुर्व अध्यक्ष पुष्पा कसौधनले जानकारी दिनुभयो ।