बुटवल, ५ माघ । ग्यास बिक्रेता संघ बुटवल नगर समिति रुपन्देहीले मावन सेवा आश्रम बुटवलमा सहयोग प्रदान गरेको छ । संघको वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा संघले शुक्रबार बुटवल सुख्खानगरमा रहेको मानव सेवा आश्रममा पुगेर आश्रममा आवश्यक एलपि ग्यास, ग्यास चुलो, पानीको जार, डष्टविन, बालटिन, घडी लगायतका सामाग्रि प्रदान गरेको हो ।
त्यस अवसरमा संघका जिल्ला अध्यक्ष प्रदिप पन्त, नगर अध्यक्ष सूर्य खनाल, नगर महासचिव नारायण खनालले संयुक्त रुपमा आश्रमकी सहसंयोजक सरु अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै अध्यक्ष पन्तले संघले सामाजिक उत्तरदायित्व बहन गरेर समय समयमा बिभिन्न स्थानमा सहयोग गर्दै आएको र अवका दिनमा पनि क्षमता अनुसार सहयोगको कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयो ।
त्यस्तै आश्रमकी सहसंयोजक सरु अधिकारीले सहयोग कहिल्यै पनि सानो नहुने बताउँदै सबैको सहयोगले आश्रम सञ्चालन भईरहेको बताउनु भयो । अहिले आश्रममा २६ जना सडकमा जिवन बिताईरहेका मनोरागीहरु रहेको बताउँदै उहाँले सडकमा जीवन बिताउनु पर्ने परिस्थितीको अन्त्यका लागि आफूहरुले काम गरिरहेको बताउनु भयो ।