स्वर्गद्वारी फार्मेसीको होलवडी शिबिर

1.3K

स्वर्गद्वारी फार्मेसीको होलवडी शिबिर


बुटवल, ११ बैशाख । बुटवल ६ मैत्रीपथ स्थित स्वर्गद्वारी फार्मेसीले न्यून शुल्कमा होलवडी चेकजाँच शिबिर सञ्चालनको तयारी गरेको छ । यहि बैशाखको १३ र १४ गते फार्मेसीसंगै रहेको क्लिनिकमा सञ्चालन गर्न लागिएको होलवडी चेकजाँचमा रगत, पिसाव, मधुमेह, सुगर, कलेजो, मृर्गौला, रगतमा बोसोको मात्रा, थाईरोईड, बाथ, मुटुको चाल, एक्स–रे तथा भिडियो एक्स–रे परिक्षण गरिने स्वर्गद्वारी फार्मेसीका सञ्चालक विष्णु खनालले बताउनु भयो ।

त्यस्तै शिबिरमा जनरल विशेषज्ञ फिजिसीयन, हाडजोर्नी तथा नशा, जनरल सर्जन, छाला यौन तथा कुष्टरोग, युरिक एसिड, वाथ लगायतका विशेषज्ञ सेवा तथा चिकित्सकद्वारा निशुल्क परामर्श सेवा प्रदान गरिने उहाँले जानकारी गराउनु भयो ।त्यससंगै क्लिनिकबाट नियमित रुपमा प्रदान गरिने सेवा निरन्तर रहने पनि उहाँले जानकारी गराउनु भयो ।