विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान

762

विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान

बुटवल, ३० जेठ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान गरेको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा बिहिबार गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश पाँच प्रदेश नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले मानवतासंग जोडिएको रक्तदान गर्ने संस्कृतिको बिकास अपरिहार्य रहेको बताउनु भयो । त्यस्तै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोबिन्द खनालले सामाजिक गतिबिधिमा रुपन्देही जिल्ला शाखा अंगाडी रहेको बताउँदै यसले संस्थाकै साख बढाएको बताउनु भयो ।

समाज रुपन्देहीका सभापति डिपी खनालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण पंगेनी, अधिकारकर्मी मायाँ गौतम, उच्च अदालत बार एशोसिएशनका अध्यक्ष खडानन्द भण्डारी, कार्यक्रम संयोजक कृष्ण चौहान, कपिल ज्ञवाली लगायतले बोल्नु भएको थियो ।