बुटवलमा काठमाडौँ हेल्थ केयरको शुभारम्भ

761

बुटवलमा काठमाडौँ हेल्थ केयरको शुभारम्भ


बुटवल ४,साउन ।  स्वास्थ्य सेवाको क्षेत्रमा गुणस्तरीय तथा सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ बुटवलको मैत्रीपथमा काठमाडौं हेल्थ केयरको शुभारम्भ भएको छ ।

हेल्थ कयरको उद्घाटन गर्दै प्रदेश ५ का सांसद चेतनारायण आचार्यले प्रभावकारी र गुणस्तिरीय स्वास्थ्य सेवा प्रदान गर्न संवेदनशील भई लाग्नु पर्नेमा जोड दिनुभयो । ‘मानिसको सबैभन्दा अमूल्य चिज जीवन रहेको बताउदै उहाँले भन्नु भयो– ‘स्वास्थ्यमा खेलबाड गर्नुहुदैन, अस्पताल खोल्नु मात्र ठुलो विषय होइन ,रोग पत्ता लगाई विरामीको उपचार गर्नु ठुलो विषय हो ।’

नेपालमा स्वास्थ्य सेवा परम्परागत पद्घतिबाट हुदै आएकाले मानिसहरु अझै पनि गुणस्तिरीय सेवा लिन विदेश जाने गरेको भन्दै अवका दिनमा नेपालमै आधुनिक उपकरण ल्याई आधुनिक पद्घतिबाट उपचार गराउन नेपाल सरकार लागि परेको बताउनु भयो ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेबी आचार्यले बुटवल स्वास्थ्य क्षेत्रको हवका रुपमा विकास हुदै गएको बताउनु भयो । देशको विकाश गर्नका लागि सवै नागरीक स्वास्थ्य हुनुपर्ने बताउदै अस्पतालहरुले सवै बिरामीलाई गुणस्तरीय तथा सर्वसुलभ सेवा प्रदान गर्न आग्रह गर्नृभयो ।
शुभारम्भको अवसरमा साउन ४र ५ गते ओपडी सेवा र सुगर परीक्षण निःशुल्क र एक्सरे, भिडियो एक्सरे तथा अन्य सम्पुर्ण जाँचमा पाँच देखी पच्चिस प्रतिशत सम्म छुटको व्यवस्था गरिएको अध्यक्ष कुलचन्द्र पाण्डेले बताउनु भयो ।

बाथरोग,छाला रोग, जनरल तथा ल्याप्रोष्टकोपी सर्जन, रेडियोलोजिष्ट,न्यूरो सर्जन, स्त्री तथा प्रस्तुती रोग, हाडजोर्नी तथा नशा रोग ,जर्नल फिजिसियन सेवा उपलब्ध रहेको सञ्चालक बाबुराम बन्जाडेले बताउनु भयो ।

साथै थाइराइड परीक्षण रु ५ सय, होलबोडी परीक्षण (ई.सि.जी., यु.एस.जी र चेष्ट एक्सरे) सहित रु ४ हजार ८ सय, जनरल परीक्षण रु १ हजार ८ सय, स्पेशल परीक्षण ६ हजार ८ सय,गर्भ परीक्षण (ए.एन.सी.)रु ३ हजार १ सय र अर्थराईटिस प्याकेज रु १ हजार ५ सय को व्यवस्था गरिएको पाण्डेले बताउनु भयो ।