बुटवल, २६ साउन । खुमा अर्याल फाउण्डेशनले आफ्ना कार्यक्रमहरु सार्वजनिक गरेको छ । फाउण्डेसनको शनिबार काठमाण्डौमा बसेको विशेष बैठकले आफ्ना कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
स्याङ्जा स्थायी घर भई रुपन्देही लगाएत देशभरका बिभिन्न स्थानमा स्वास्थ्य, शिक्षा, एग्रो, हाइड्रो लगाएतका क्षेत्रमा लगानी गरी हजारौँलाई रोजगारी दिँदै देश निर्माणमा समर्पित खुमा अर्यालको नाममा सोही जिल्लाका युवाहरुले खुमा अर्याल फाउण्डेशन नामक एक गैर नाफामूखी सस्था स्थापना गरेका थिए । २०७५ मा स्थापना भएको सो फाउण्डेशनको मूल उद्धेश्य शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा बिभिन्न कार्यक्रमहरु मार्फत समाज सेवा गर्ने रहेको फाउण्डेशनका अध्यक्ष कमल ढकालले बताउनु भयो ।
बैठकले आगामी वर्ष गर्ने कार्यक्रमको तयारीका लािग विषयगत संयोजक चयन गरिएको छ । आर्थिक तथा रोजगारी समितिमा सालिकराम अर्याल, शिक्षा समितीमा लेखनाथ शर्मा, स्वास्थ्यमा ध्रुव शर्मा, स्थानीय निकाय लगायत अन्य बाह्य संस्थागत समितिमा शोभाकान्त ढकाल र छबिलाल अर्याललाई चयन गरिएको फाउण्डेसनका सचिव ध्रुव शर्माले जानकारी दिनुभयो ।
बैठकमा खुमाप्रसाद अर्यालले समाज सेवाकालागि स्वतःस्फूर्त रुपमा आफ्नो नाममा फाउन्डेसन गठन गरेकामा त्यसका अभियान्ताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले संस्थाले अंगाडी सारेका काममा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैठकमा युनिभर्सल ग्रुप काठमांडौका महाप्रवन्धक सन्तोश खनाल, संजिवनी कलेज बुटवलका प्रमुख कार्यकारी अधिकृत दिपक रोका, युनिभर्सल कलेज अफ मेडिकल कलेज भैरहवाका राजु बस्नेत, अर्याल एण्ड अर्याल चार्टड एकाउन्टस काठमांडौका प्रमुख सुधन रेग्मी, खिलुङ कालिका सप्लाएर्स एण्ड टे«डिङ्ग काठमाण्डौका प्रमुख कार्यकारी अधिकृत शालिकराम अर्याल, लाफिङ बुद्ध हाइड्रोका प्रमुख शोभाकान्त हमाल, माउन्ट एभरेष्ट स्कुल कास्कीका प्रिन्सिपल युक्त अर्याल, खिलुङ कालिका एग्रो स्याङ्जाका प्रवन्धक शोभाकान्त ढकाल, गण्डकी मेडिकल कलेज पोखराका युवराज शर्मा, प्रफेक्ट पोल्ट्र मार्केटिङ काठमांडौका प्रमुख ध्रुव शर्मा, कालिका फार्मेस्युटिकल्स स्याङ्जाका अनिल अर्याल लगाएतले फाउण्डेशनले ल्याउने प्रपोजलका आधारमा सदस्यता लिने तथा आर्थिक, भौतिक, नैतिक लगाएतका सस्थागत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
फाउण्डेसनका अध्यक्ष कमलप्रसाद ढकालको अध्यक्षतामा भएको बैठकमा संरक्षक भेषराज अर्याल र डा. लुना अर्याल, उपाध्यक्ष लेखनाथ शर्माले समेत धारणा सहित सुझाव सल्लाह प्रदान गर्नुभएको थियो ।