भिम अस्पताल भैरहवामा क्षयरोग जाँच गर्ने जिन एक्सपर्ट मेशिन

813

भिम अस्पताल भैरहवामा क्षयरोग जाँच गर्ने जिन एक्सपर्ट मेशिन

गोपाल बन्जाडे/
भैरहवा, १८ भदौ ।
क्षयरोगको सहि निदान गर्नका लागि प्रयोग गरिने जेन एक्सपर्ट मेशिन को भैरहवा भिम अस्पतालमा मंगलबार प्रदेश नँ ५ का सामाजिक विकास मन्त्री माननिय सुदर्शन बरालले मेशीनको उद्घाटन गर्नुभएको छ ।
भैरहवा भिम अस्पतालमा क्षयरोगका विरामीको चाप बढ्नुका साथै माईक्रोस्कोपिक खकार परिक्षणबाट खकारमा क्षयरोगका किटाणु नदेखीदा धेरैलाई सर्न सक्ने सम्भावना भएकोले जेन एक्सपर्ट मेशिनको माध्यमबाट लुकेर रहेको क्षयरोग पनि देखिने हुँदा जेन एक्सपर्ट मेशिनलाई भैरहवा भिम असपतालमा राखिएको कार्यक्रममा बक्ताहरुले बताए ।
कार्यक्रमका प्रदेश नँ ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले क्षयरोग भनेको जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने रोग भएको हुँदा यसको समयमै पत्ता लगाई उचित उपचार गर्नुपर्ने कुरामा जोड दिदै क्षयरोगका बारेमा समुदायमा सचेतीकरणको आबश्यकता रहेको विचार व्यक्त गर्नुभयो । उहाँले भिम अस्पताललाई पचास शैयामा लैजानु पर्ने र त्यसका लागि मन्त्रालयले आबश्यक उपकरण र जनशक्तिको व्यवस्था गर्ने बताउनु भयो ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक सागरकुमार राजभण्डारीले नेपालमा दैनिक २२ जना क्षयरोगीले मृत्युवरण गरिरहेको र एक जना क्षयरोगीले बर्षमा दश जना निरोगी व्यक्तिलाई क्षयरोग सारिरहेको बताउँदै त्यसको रोकथामका लागि डट्स उपचार विधीलाई सही तरीकाले प्रयोग गर्नु र गराउन पर्ने कुरामा जोड दिनु भयो । निर्देशक राजभण्डारीले भैरहवामा सुरुगरिएको जेन एक्सपर्ट मेशिन अत्याधिक महँगो मेशिन भएको र एउटा टेष्ट गर्नकोलागि करिव १ हजार ७ सय रुपैयाँ खर्च आउने भए पनि विरामीको लागि निशुल्क भएको हुँदा यसको सहि तरीकाले प्रयोग गर्न अनुरोध समेत गर्नुभयो ।
५ नँ प्रदेशका स्वास्थ्य निर्देशक विनोद गिरीले भिम अस्पताललाई नपुग कर्मचारी नियुक्तीकालागि अधिकार दिईसकिएको बताउँदै जिन एक्सपर्ट मेशिनको माध्यम बाट हरेक सर्बसाधारणलाई सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।
राष्ट्रिय क्षयरोग केन्द्रद्वारा भिमअस्पताललाई प्रदान गरिएको जिन एक्सपर्ट मेशिनको बर्तमान बजार मुल्य करिव ६० लाख रहेको र यो समेत नेपालमा ६० स्थानमा मेशिनको उपलब्धता रहेको कार्यक्रममा जानकारी दिईएको थियो ।