गुराँस हस्पिटलमा प्यारालाईसिस विरामीकालागि मेशिनवाट उपचार शुरु

1.1K

गुराँस हस्पिटलमा प्यारालाईसिस विरामीकालागि मेशिनवाट उपचार शुरु

बुटवल, २१ भदौ । विश्व फिजियोथेरापी दिवसको पूर्व सन्ध्यामा गुराँस हस्पिटल प्रा.लि.बुटवल ढवाहले १०२ जना विरामीको निः शुल्क फिजियोथेरापीको उपचार सेवा प्रदान गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढवाहमा विसं २०७५ बैशाख १ गतेबाट औषधीविहीन रुपमा गुराँस हस्पिटल प्रा.लि.सञ्चालनमा आएको हो ।
हस्पिटलले शनिवार पत्रकार सम्मेलन गरि प्राकृतिक चिकित्सा फिजियोथेरापी जस्ता औषधिबिहिन उपचार पद्वतिबाट सहज र सर्बशुलभ रुपमा उपचार गर्दै आएका जनाएको छ । स्थापनाको एक वर्षको अवधीमा रुपन्देही लगायत देशका विभिन्न ठाउँबाट आएका ३ हजार १७४ जनाको बाहिरंग र १ हजार २६९ जनाको अन्तरंग उपचार सेवा प्रदान गरेको पत्रकार सम्मेलनमा हस्पिटलकी अध्यक्ष सरस्वती पन्थी भुसालले बताउनु भयो ।
अस्पतालले उपचारमा आएका ८० प्रतिशत विरामीलाई उपचार गरी निको बनाएको दावि गरेको छ । प्राकृतिक चिकित्सा पद्वतिमा अनुभव प्राप्त विशेषज्ञबाट दैनिक रुपमा ४० देखि ५० जना विरामीको उपचार गराईरहेको हस्पिटलका कार्यकारी निर्देशक नारायण भुसालले बताउनु भयो ।
अस्पत्तालमा बिशेष गरि हाँडजोर्नी नशा प्यारालाइसिस ढाड तथा गर्धनमा नशा च्यापिएको पेट छाला मुटु स्त्री तथा मानसिक रोगका विरामीको उपचार प्रभावकारी हुने गरेको हस्पिटलका निर्देशक डा. सुजन कण्डेलले बताउनु भयो । हस्पिटलका फिजियोथेरापि बिभाग प्रमुख डा.सुमन केसीले हस्पिटलमा विशेष गरि दीघ रोगीका विरामी बढी आउने र सवा पनि प्रभावकारी भएको हस्पिटलका फिजियोथेरापी बिभाग प्रमुख डा.सुमन केसीले बताउनु भयो ।
काठमाण्डौ उपत्यका बाहिर बुटवलमा पहिलो पटक प्यारालाईसिस भएका विरामीहरुको उपचारमा असाध्यै प्रभावकारी मानिने बडी वेट सपोर्ट गेट ट्रेनिङ मेशिनको हस्पिटलमा भर्ना भइ उपचाररत ९३ वर्षीय मोतिकला कार्कीबाट शुभारम्भ गरिएको छ । हस्पिटल रहेको प्रांगणमै १ कठठ जग्गामा ५ तला लिफ्ट सहितको रिहयाविलिटेशन तथा अन्तरंग भवन निर्माण शुरुगरेको छ
त्यसै गरि अर्घाखांचीको सितगंगा नगरपालिका २ को शुवर्णखालमा १७८ रोपनी जग्गा खरिद गरिएको र छिट्टै अर्गानिक तरकारी तथा फलफुल उत्पादन गरी अस्पतालका विरामीहरुलाई खुवाउने तथा बढी उत्पादन भएमा बाहिर बजारमा विक्री गर्ने लक्ष्य लिएको अस्पतालले जनाएको छ । हस्पिटलले चिकित्सक, नर्श तथा प्रशासनिक गरि ३९ जना कर्मचारिलाई रोजगारि प्रदान गरेको छ ।