लोक दोहोरी गीत प्रतिष्ठानद्वारा रक्तदान

1.3K

लोक दोहोरी गीत प्रतिष्ठानद्वारा रक्तदान

बुटवल, १ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश समिति प्रदेश नं. ५ ले बुधबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । प्रतिष्ठान प्रदेश नं. ५ को पथम अधिवेशनको सन्दर्भ पारेर रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो । त्यस अवसरमा प्रतिष्ठानका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरु गरी ५३ जनाले रक्तदान गरेको रक्त सञ्चार सेवा केन्द्र बुटवलले जनाएको छ ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले हरेक अवसरमा यहाँका संघसंस्थाहरुले रक्तदान गर्ने संस्कारको बिकास गरेकै कारण रगतको अभावमा ज्यान गुमाउनु पर्ने परिस्थितीको अन्त्य भएको बताउनु भयो । उहाँले अझैपनि कतिपय समुदायले रक्तदान नगर्ने गरेको बताउँदै ती समदायमा पनि रक्तदान प्रति आकर्षित गर्नुपर्ने भनाई राख्नुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश तदर्थ समितिका संयोजक डिल्लीनारायण पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार राधेश्याम राजभण्डारी, केन्द्रीय सदस्य लक्ष्मण खड्कालगायतले भनाई राख्नुभएको थियो । प्रतिष्ठानका प्रवक्ता टिकाराम लुईटेलको संयोजनमा भएको कार्यक्रमको सञ्चालन सचिव नारायण बिपी परियारले गर्नुभएको थियो ।
प्रतिष्ठानको भोली बिहिबार प्रदेश अधिवेशन हुँदैछ । प्रदेश प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानका संयोजक पाण्डेयले जानकारी गराउनु भयो ।