बुटवल, १२ असोज । प्रदेश पाँचको लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ डाईग्नोष्टिक भवनको शिलान्यास गरिएको छ । उक्त भवनको प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले आईतबार शिलान्यास गर्नुभएको हो ।
भवन शिलान्यास गर्दै मन्त्री बरालले प्रदेश सरकारले १० वटा गौरवका आयोजनामा लुम्बिनी प्रादेशिक अस्पताललाई पनि समावेश गरिएको र अस्पतालको बिकासलाई महत्वका साथ अंगाडी बढाएको बताउनु भयो । उहाँले अस्पतालमा अन्य न्यूरो तथा अर्थो सेवालाई महत्व दिएर एक हप्ता भित्रमा डाएलाईसिस सेवा शुरु गर्न लागिएको जानकारी गराउनु भयो ।
सामाजिक बिकास मन्त्रालयको १८ करोड लगानीमा उक्त भवन बनाउन लागिएको हो । १०९ वर्षको ईतिहास बोकेको अस्पतालको भवन पुरानो र जिर्ण भएकाले नयाँ भवन बनाउन लागिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालले जानकारी गराउनु भयो । २ हजार स्क्वाएर मिटर क्षेत्रफलमा बनाउन लागिएको सो भवनको १७ करोड ७८ लाख ७८ हजार रुपैंयामा डाफे निमार्ण सेवा प्रालीले अवको दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको छ । तत्कालकालागि अण्डरग्राउण्ड सहित तीन तले डाईगेनिष्टक भबन बनाई ल्याब, आईसियू तथा मेडिकल सेवा सन्चालनमा ल्याईने सुपरिटेन्डेन्ट डा. खनालले बताउनु भयो ।
त्यस्तै अस्पतालको फोहोर व्यवस्थापनमा कमजोरी देखिएको भन्ने गुनासो आइरहेका बेला त्यसलाई मध्यनजर गर्दै अस्पतालले, फोहोर जलाउने काम बन्द गर्नकालागि तत्कालनै फोहोर व्यवस्थापन सम्बन्धी नयाँ कार्यक्रम ल्याउन लागिएको सुपरिटेन्डेन्ट डा खनालले जानकारी दिनुभएको छ ।
