सुरक्षित यात्रा नेपाललाई नेता खाँणद्वारा एम्बुलेन्स हस्तान्तरण

1.3K

सुरक्षित यात्रा नेपाललाई नेता खाँणद्वारा एम्बुलेन्स हस्तान्तरण

बुटवल, ४ कात्तिक । दाताहरुको सहयोगमा प्राप्त भएको एम्बुलेन्स सुरक्षित यात्रा नेपाललाई हस्तान्तरण गरिएको छ । सुरक्षित यात्रा नेपालले सञ्चालन गर्नेगरी प्राप्त भएको उक्त एम्बुलेन्स नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार आफ्नै निवास मणिग्राम चारनम्बरमा कार्यक्रम गरी सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलबासेलाई हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहनुभएका नेता खाँणले नागरिकको सुरक्षित यात्राप्रतिको प्राथमिकता र दायित्व सरकारको भएको बताउनु भयो । उहाँले नागरिकलाई अकालमा हुने मृत्युबाट जोगाउन सकिँदैन भने सरकारको औचित्य पनि नहुने भन्दै यसमा गम्भिर भन्न सरकारलाई आग्रह गर्नुभयो ।
नेता खाँणले समाजिक अभियान्ताहरुको अग्रसरतामा राम्रो कामको थालनी भएकाले त्यसमा आफूले पनि केही गर्न सकियोस भन्ने हेतुले नै एम्बुलेन्स सञ्चालनकालागि व्यबस्थापन मिलाएको बताउनु भयो ।
एम्बुलेन्स ग्रहण गर्दै संस्थाका अध्यक्ष कृष्णप्रसाद बेलबासेले दुर्घटनाबाट हुने मानिसको मृत्युलाई न्यूनिकरण गर्नकालागि प्राप्त भएको एम्बुलेन्स सहयोग सिद्ध हुने विश्वास व्यक्त गर्दै दाताहरुको शिर झुक्न नदिनेगरी एम्बुलेन्स सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संस्था स्थापना र दर्ता गर्दा धेरै झण्झट व्यहोर्नु परेपनि झण्झट नमानेर अभियानलाई अंगाडी बढाईएको बताउँदै अभियानमा साथ र सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद ज्ञपान गर्नुभयो ।
सुरक्षित यात्रा नेपालका सल्लाहकार बाबुराम अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।