‘मोवाईल टावरबाट उत्पन्न रेडियशनले मावन स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ’

1.1K

‘मोवाईल टावरबाट उत्पन्न रेडियशनले मावन स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ’

बुटवल, २० कात्तिक । प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले हरेक कुरामा बिना अध्ययन प्रयोग गर्ने प्रबृत्तिले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने काम भईरहेको बताउनु भएको छ । कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान) महासंघ रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको ‘मोवाईल टावरबाट निस्कने रेडियसनले मानव स्वास्थ्यमा पार्ने असर र बँच्ने उपाय’ बिषयक गोष्ठिमा बोल्दै मन्त्री बरालले रहेक काम गर्दा त्यसका गुण तथा अवगुणहरुको समेत अध्ययन हुन आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै नेपाल टेलिकम बुटवल शाखाका प्रवन्धक रञ्जित लोहियाले मोवाईल टावरबाट उत्पन्न हुने रेडियशनले मानव स्वास्थ्यमा मात्रै नभएर बातावरणी पक्षमा समेत असर गर्ने भएपनि निश्चित हाईट भन्दा माथि राखेमा त्यसको प्रभाव कम पर्ने बताउनु भयो ।
त्यस अवसरमा ईञ्जिनियर हरि पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै मोवाईलको टावरबाट उत्पन्न हुने रेडियशनले आँखा, मुटु, मृगौला लगायतका मावन अंग तथा स्वास्थ्य तथा वातावरण र जीवजन्तुमा समेत प्रत्यक्ष असर गर्ने बताउनु भयो । उहाँले त्यसलाई न्यूनिकरण गर्नकालागि ठूलो क्षमताको एउटै टावर राख्ने भन्दा पनि थोरै थोरै क्षमताका धेरै टावर राख्नुपर्ने, मावन बस्तीमा टावर राख्न नहुने, टावर भएका स्थानमा मानव बस्ति बस्न नदिन पनि सुझाउनु भयो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष बिमलराज भट्टराईले सरकारले मावन स्वास्थ्य संग प्रत्यक्ष जोडिएको बिषयलाई गम्भिरतापूर्वक लिनु पर्ने र सम्बन्धित क्षेत्रका बिशेषज्ञले पनि समयमै सहि सुझाव सल्लाह दिएर सरकारलाई सहयोग गर्नुपर्ने भनाई राख्नुभयो ।
क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदवेव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा क्यान महासंघ प्रदेश पाँचका अध्यक्ष रोषन कंडेल, उपाध्यक्ष बिरबहादुर क्षेत्री, सचिव जिवन अधिकारी लगायतले भनाई राख्नुभएको थियो ।