लुम्बिनी प्रादेशिक अस्पतालको रिक्त मेडिकल सुपरिटेण्डेन्टमा डा. खनाल नियुक्त

लुम्बिनी प्रादेशिक अस्पतालको रिक्त मेडिकल सुपरिटेण्डेन्टमा डा. खनाल नियुक्त

बुटवल, २ मंसिर । लुम्बिनी प्रादेशिक अस्पतलको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजेन्द्र खनाल नियुक्त हुनु भएको छ । प्रदेश पाँच मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अस्पतालका पूर्व निमित्त मेडिकल सुपरिटेण्डेन्ट समेत रहनुभएका रेडियोलोजिष्ट डा. खनाललाई नियुक्त गरेको हो ।
प्रदेश सरकारको सोमवार वसेको बैठकले ११औ तहका डां खनाललाई मेसुमा नियुक्त गर्ने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता भौतिक पुर्वाधार बिकास मन्त्री वैजनाथ चौधरीले जानकारी गराउनु भयो । यसअघि अस्पतालमा कार्यरत मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनाल उमेर हदका कारण अनिवार्य अवकास लिनु भएको थियो ।
त्यसै गरि सरकारले कानुन मशौदा आयोगका सदस्य खुमाकान्त पौडेल, प्रदेश लोक सेवा आयोगका सदस्य र सुचना प्रविधी आयोगका सदस्यको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धि निर्णय भएको मन्त्री चौधरीले जानकारी गराउनु भयो ।
बैठकले बाँके जिल्लाको जानकी गाउपालिकाको केन्द्र वडा नम्बर ४ वाट परिवर्तन गरि वडा नम्बर ३ को मानपुरमा कायम गर्ने गरि केन्द्रिय सरकारलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ । प्रदेश सरकारले प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा सञ्चालन गर्दै आएका स्मार्ट कृषि गाउँ कार्यबिधि र कृषि तथा पशु पंक्षी अभियान सम्बन्धि मिसन कार्यक्रम २०७६ पारित गरेको उहाँले जानकारी गराउनु भयो ।

Share This
  • 450
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    450
    Shares