बुटवल, १७ मंसिर । बागलुङमा जीप दुर्घटना हुँदा घटनास्थलमै १४ जनाको मृत्यु भएको छ ।गुल्मीको इस्मा गाउँपालिका ४ दोहोली पैयाँपाटाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका ७ मा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य ३ जना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा ९ महिला, ४ जना पुरुष र एक जना बालक रहेका छन् । जीप सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेको छ । जीपमा कति जना सवार थिए भन्ने एकिन हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।