लायन्स क्लवको आयोजनामा स्वास्थ्य शिबिर : मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने

लायन्स क्लवको आयोजनामा स्वास्थ्य शिबिर : मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने

लायन्स क्लव अफ बुटवल युथको आयोजनामा बुटवल माध्यमिक बिद्यालयका बिद्यार्थी तथा शिक्षक अभिभावकको स्वास्थ्य परिक्षण गरिएको छ । क्लवले सोमबार बिद्यालयमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेर आँखा, मधुमेह र दन्त परिक्षण गरिएको हो ।
शिबिरमा ३५८ जनाको आँखा परिक्षण गरिएकामा १२ जनालाई मोतियाबिन्दुको समस्या देखिएको क्लवले जनाएको छ । उनीहरुलाई लायन्स आँखा अस्पतालसंग समन्वय गरेर निःशुल्क शल्यक्रियाका व्यबस्था मिलाईने कार्यक्रम संयोजक नेमद अलीले जानकारी दिनुभयो । त्यस्तै चस्मा प्रयोग गर्नुपर्ने १० जना बिद्यार्थीलाई निःशुल्क चस्मा प्रदान गरिने उहाँले बताउनु भयो ।
त्यसैगरी ३९८ जनाको मधुमेह परिक्षण गरिएकोमा १३८ जनामा मधुमेह (डाईबिटिज) देखिएको चेकजाँचमा संलग्न डाक्टरहरुले जानकारी गराएका छन् । शिबिरमा २१० जनाको दन्त परिक्षण गरिएको थियो । शिबिरमा स्वास्थ्य परिक्षण पश्चात उचित परामर्श समेत प्रदान गरिएको क्लवका सचिव बिष्णु काफ्लेले जानकारी गराउनु भयो ।
यस अंगाडी क्लवका अध्यक्ष दिपकप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको स्वास्थ्य शिबिरको उद्घाटन कार्यक्रममा डिष्ट्रिक को–चिफ एड्भाईजर सुरेशरत्न बज्राचार्य, बुटवल माध्यमिक बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष रामबहादुर शाक्य, बिद्यालयका प्रधानाध्यापक अकरमुल्ला खाँ, क्लवका डिष्ट्रिक एड्भाईजर बालाराम भट्टराई, लेकबहादुर कार्की, पुरुशोत्तम प्रधानाङ्ग, क्वलका संस्थापक अध्यक्ष जाकिर हुसेन, निवर्तमान अध्यक्ष अशोक गुरुङ्, पूर्व अध्यक्ष जमिल खान लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Share This
  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares