नर्सहरुको तलव सुविधा सरकारी मापदण्ड अनुसार गराउने राना समुहको प्रतिवद्धता

नर्सहरुको तलव सुविधा सरकारी मापदण्ड अनुसार गराउने राना समुहको प्रतिवद्धता

नेपाल नर्सिङ् संघको नेतृत्वमा दावी गर्नुभएकी प्राध्यापक मुना राना (थापा) देश दौडाहामा हुनुहुन्छ । संघको आगामी पुस ९ गते केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदैछ । उक्त निर्वाचनबाट नेतृत्वमा आउनकालागि प्रचारात्मक रुपमा उहाँ सहित उहाँको टिम देश दौडाहामा निस्किएको हो । पेशामा आवद्ध नर्सहरुको हकहितका लागि आवाज उठाउने एकमात्रै पेशागत संस्था नसिंङ् संघको नेतृत्वकालागि दावी गर्नुभएकी प्रा. रानाको टिम पेशागत हकहित र मर्यादित बनाउने प्रतिवद्धता सहित देश दौडाहामा निस्किएको हो ।
५८ औं वर्ष पार गर्दासम्म पनि जुनरुपमा फड्को मार्नुपर्ने हो त्यो हुन नसकेकाले संघको गरिमा, पेशागत एकता र नर्सहरुको हकाधिकारलाई सुनिश्चित बनाउने अध्यक्षकी आकांक्षी प्रा. रानाले बताउनु भयो ।
हाल नेपाल नर्सिङ् परिषदमा ९० हजार सदस्यता रहेपनि संघमा त्यसको १७ प्रतिशत मात्रै सदस्यता रहेकाले सदस्यता अभिबृद्धिलाई मुख्य प्राथमिकताका साथ पेशागत समस्या र चुनौतीलाई समयानुकुल समाधान गर्दै आम नर्सहरुको बृत्ति बिकासकालागि समेत आफूलाई नेतृत्वमा ल्याउन उहाँले आह्वान गर्नुभएको छ ।
प्राध्यापक रानाको नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उपाध्यक्षमा बिमलाकुमारी शाह, महासचिवमा यशोदा बराल, सचिवमा जया मिश्र, कोषाध्यक्षमा कबिता आचार्यले दावी गर्नुभएको छ ।
त्यस्तैगरी सदस्यमा खुल्लाबाट ज्योती रानाभाट, जनजातीबाट भिमकुमारी श्रेष्ठ, आदीबासीबाट प्रेमालक्ष्मी खागी, दलितबाट मोहनकुमारी गैरे, मधेशीबाट विणाकुमारी यादव, मुस्लिमबाट इजरायल शाह, अ.न.मी.बाट सीता भुसाल र मीरा गुरुङ्ले दावी गर्नुभएको छ ।
नेतृत्वमा आएमा आफ्नो टिमले संघको सदस्यता विस्तार गर्न आजिवन सदस्यता शुल्क समायोजन गरी २ हजार ५ सय बनाउनुका साथै अनलाईनबाटै सदस्यता वितरण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । त्यस्तै नीजि तथा गैर सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको तलव सुविधा सरकारी मापदण्ड अनुसार गराउन दवाव सिर्जना गर्ने, न्यूनतम सेवा मापदण्ड बमोजिम बिरामी र नर्सको अनुपात कायम गराउने तथा रिक्त दरवन्दी परा गर्न पहल गर्ने, नर्सहरुलाई जोखिम भत्ताको व्यबस्था गर्न पहल गर्ने यो समुहको प्रतिवद्धता रहेको छ ।
नर्सिङ् योजना तथा नीति निर्माण तहमा नर्सहरुको प्रतिनीधित्व गराउन पहल गर्ने, त्रिबि अन्तरगत नर्सिङ् अध्ययन संस्था स्थापनामा जोड गर्ने, नेपाल नर्सिङ् परिषदबाट कार्यक्रम अनिवार्यको लागि नीति बनाउन पहल गर्ने लगायतका २१ बुँदे प्रतिवद्धता सहित देश दौडामा निस्केको टोलीले बुधबार रुपन्देहीका नर्सहरुसंग सुझाव लिँदै आफ्नो टिमलाई विजयी बनाउन आग्रह गरेको छ ।

Share This
  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares