कर्तव्य ज्यानमा मुद्धा फैसला भएको एघार वर्षपछि कारागार चलान

1.3K

कर्तव्य ज्यानमा मुद्धा फैसला भएको एघार वर्षपछि कारागार चलान

कर्तव्य ज्यान मुद्धामा अदालतबाट फैसला भएको ११ वर्षपछि अपराधमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरि अदालत चलान गरिएको छ । जिल्ला अदालत रुपन्देहीबाट कर्तव्य ज्यान मुद्धामा दोसी ठहर्याएको कोटहीमाई गाउँपालिका ५ का ७० वर्षीय हमिद धुनियालाई हालै प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत रुपन्देहीबाट कर्तव्य ज्यानमा दोशी सावित धनियाले ६ असोज २०६५ मा रुपन्देहीको साविक मर्यादपुर गाबिस वडा नं. ५ न्यौडिहवाका २० वर्षीय सन्तोष लोनिया (चौहान) हत्या गरेको अभियोग लागेको थियो । छोरा सन्तोष मृत अवस्थामा फेला परेपछि उनको बाबु शंकर लोनिया चौहानको किटानी जाहेरीका आधारमा मुद्धा अनुसन्धान गरि जिल्ला अदालत रुपन्देहीले १५ कात्तिक २०६७ मा फैसला सुनाएको थियो ।
तत्काल फरार रहेको धुनियालाई जिल्ला प्रहरी कार्यालय रुपन्देही र मर्यादपुर प्रहरी चौकीबाट खटिएको बिशेष टोलीले नेपाल भारत सिमा नजिकै कोटहीमाई गाउँपालिका वडा नं. ३ मा लुकिछिपि हिंडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी गराउनु भएको छ । पक्राउ परेका धुनिया जिल्ला अदालत रुपन्देहीमा पेश गरी कारागार चलान भएको पनि उहाँले जानकारी गराउनु भएको छ ।