औद्योगिक व्यापार मेला बुटवलको सुरक्षामा पूर्व प्रहरी, पच्चिस करोडको बिमा

1.3K

औद्योगिक व्यापार मेला बुटवलको सुरक्षामा पूर्व प्रहरी, पच्चिस करोडको बिमा


‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पूर्व प्रहरीले सुरक्षा प्रदान गर्ने भएको छ । सुरक्षा व्यबस्थापन उपसमितिले टेण्डर आह्वान गरि पूर्व प्रहरी सेक्युरिटी सर्भिर प्रालिलाई सुरक्षाको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Print

मेला अवधिभर सुरक्षा व्यबस्थालाई चुस्त बनाउने गरि सुरक्षा व्यबस्थापन उपसमितिका संयोजक बाबुराम बिक र प्रालिका व्यबस्थापक बिरबहादुर जिसीले सम्झौता गर्नुभएको छ । सम्झौता अनुसार रातीको समयमा २५ जना र दिउँसोको समयमा ३० जना सुरक्षाकर्मी मेलाको सुरक्षामा खटिने छन् ।
त्यसबाहेक नेपाल प्रहरी, ससस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट समेत मेलामा प्रत्यक्ष निगरानी गरिने बुटवल उद्योग बाणिज्य संघका सदस्य तथा मेला सुरक्षा व्यबस्थापन उपसमितिका संयोजक बाबुराम बिकले जानकारी गराउनु भयो ।

त्यस्तै मेलालाई सुरक्षित बनाउनकालागि मेलाको चारैतिर सिसिटीभिबाट निगरानी गरिने छ । त्यसैगरी मेलामा प्रति स्टल ५ लाखका दरले भूकम्प, चोरी, आगजनी, हुलदंगा, हुरी बतास तथा व्यक्तिको समेत समेटिने गरी २५ करोड रुपैंयाको बिमा गरिएको संघका कोषाध्यक्ष तथा आर्थिक व्यबस्थापन उपसमितिका संयोजक बिमलराज भट्टराईले जानकारी दिनुभयो ।