भेटेरिनरी बिद्यार्थी एशोसियशनको आयोजनामा निःशुल्क पशु स्वास्थ्य शिबिर

1.3K

भेटेरिनरी बिद्यार्थी एशोसियशनको आयोजनामा निःशुल्क पशु स्वास्थ्य शिबिर

नेपाल भेटेरिनरी बिद्यार्थी एशोसियशन पक्लिहवा कृषि क्याम्पसको आयोजनामा शुक्रबार भैरहवामा निःशुल्क पशु स्वास्थ्य शिबिर गरिएको छ । नेपाल भेटेरिनरी एशोसियशन पाँच नं. प्रदेश समिति र भेटेरिनरी शिक्षण अस्पताल कृषि तथा पशु बिज्ञान अध्ययन संस्थानको समन्वयमा सिद्धार्थनगर नगरपालिका वडा नं. ११ पिपरीहवामा निःशुल्क शिबिर सञ्चालन गरिएको हो ।
शिबिरमा त्यस आसपासका वडा तथा सिमापारी समेत गरी ५० घरको ६० वटा बाख्रा, २५ वटा भैंसी, ६ वटा कुकुर, ३५ वटा भेडा र १० वटा गाईको गरी १३६ पशु चौपायाको निःशुल्क चेकजाँच गरिएको नेपाल भेटेरिनरी एशोसियशनका प्रदेश अध्यक्ष अर्जुन चापागाईले जानकारी दिनुभयो ।
पक्लिहवा कृषि क्याम्पसको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोग रहेको उक्त शिबिरमा पशुचौपायाका गोबर, मलमुत्र, बाजोपन परामर्श, पशुस्वास्थ्य चेकजाँच, खोप, र निशुल्क औषधी वितरण गरिएको उहाँले बताउनु भयो ।
शिबिरमा चेकजाँच गरिएको पशु चौपायामा सबैभन्दा बढी आन्तरिक परजिवि जुका, नाम्ले जस्ता रोग बढी लागेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भैरहवाका पशु विशेषज्ञ भरत काफ्ले बताउनु भयो ।
शिबिरमा सहभागि किसानहरुले पशुको स्वास्थ्य परिक्षण उपयोगी भएकाले कार्यक्रमलाई समयसमयमा निरन्तर रुपमा सञ्चालन गर्न आग्रह गरेका थिए । उक्त कार्यक्रम शनिबार सिद्धार्थनगर नगरपालिका २ मेउडीहवा समेत हुने भएकाले शिबिरबाट लाभ लिन रिसर्च तथा प्रचारप्रसार कमिटिका संयोजक सन्दिप पौडेलले किसानहरुलाई आग्रह गर्नुभयो ।