अफिनको प्रदेश समिति गठन : अध्यक्षमा सर्वसम्मत रामप्रसाद खरेल निर्वाचित

1.6K

अफिनको प्रदेश समिति गठन : अध्यक्षमा सर्वसम्मत रामप्रसाद खरेल निर्वाचित

नीजि अस्पतालहरुको छाता संस्था एशोसियशन अफ प्राईभेट हेल्थ ईन्ष्टिच्युट अफ नेपाल (अफिन )को ५ नं. प्रदेश अध्यक्षमा बुटवलका रामप्रसाद खरेल निर्वाचित हुनु भएको छ । शनिबार बुटवलमा भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट खरेल अफिनको प्रदेश अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दाङ्का किशोर खत्री, सचिवमा मुक्तिराज पौडेल र कोषाध्यक्षमा अर्जुन पौडेल सर्वसम्मत निर्वाचित हुनु भएको छ । समितिको सदस्यहरुमा दिनेश आचार्य, डा. दिनेश चौधरी, महेश श्रेष्ठ, गोपाल श्रेष्ठ र गणेशप्रसाद ज्ञवाली निर्वाचित हुनु भएको छ ।