रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठलाई अख्तियारले घुस रकम सहित पक्राउ गरेको छ । कार्यालय प्रमुख श्रेष्ठले सेवाग्राहीलाई काठको सिफारिस गरेवापत ५ हजार रुपैयाँ घुस लिँदैगर्दा नयाँगाउँ चोकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान चलिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताउनु भयो ।