अस्पताल परिसरका व्यबसायिक सटर खाली गराउन अस्पताल प्रशासनको अल्टिमेटम

1.1K

अस्पताल परिसरका व्यबसायिक सटर खाली गराउन अस्पताल प्रशासनको अल्टिमेटम

लुम्बिनी प्रादेशिक अस्पताल परिसरका सटर खाली गराउनकालागि अस्पताल प्रशासनले २२ गतेसम्मको अल्टीमेटम दिएको छ । अस्पताल प्रशासनले सोमबार साँझ सुचना टाँसेर ४८ घण्टा भित्र सटर खाली गराउन सटर व्यबसायीलाई निर्देशन गरेको हो ।
प्रदेश पाँचको सामाजिक बिकास मन्त्रालयले सटर खाली गराउनकालागि अस्पताल प्रशासनलाई सोमबार नै पत्र पठाएको थियो । सोही पत्रका आधारमा अस्पताल प्रशासनले सटर खाली गराउन सूचना जारी गरेको जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्रप्रसाद खनालद्वारा हस्ताक्षरित सूचनामा २२ गतेसम्म सटर खाली नगराएर त्यसको क्षेती स्वयम व्यबसायीले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालाई नमुना अस्पतालको रुपमा बिकास गर्न प्रदेशको गौरवको आयोजनाको रुपमा अंगाडी बढाउने गरी सटर हटाउन अस्पताल प्रशासनलाई पत्राचार गरको थियो । गत असार मसान्तमा सकिएको टेण्डरको पुनः टेण्डरगरी राखेका व्यबसायीले २ महिना नहुँदै आफूहरुलाई अस्पतालले हटाउन लागेको भन्दै अदालत पुगेका थिए ।
तर अदालतले अन्तरकालीन आदेश खारेज गरिदिएपछि अस्पतालका सटर भत्काउन बाटो खुलेको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको परिसरमा ७२ वटा सटर छन् । जसबाट अस्पताललाई बार्षिक झण्डै ९ करोड रुपैंया आम्दानी हुँदै आएको थियो ।