तिलोत्तमा गोल्ड कपको २२ औं संस्करण फागुनमा

999

तिलोत्तमा गोल्ड कपको २२ औं संस्करण फागुनमा

रुपन्देही जिल्ला फूटवल संघले गर्ने तिलोत्तमा गोल्ड कपको २२ औं संस्करण आगामी फागुनमा हुने भएको छ । अखिल नेपाल फूटवलसंघले ‘क’ वर्गमा समावेश गरेको ‘२२ औं तिलोत्तमा गोल्ड कप नक आउट फूटवल प्रतियोगिता’ आगामी फागनु ८ देखि १८ गतेसम्म सञ्चालन गर्न लागिएको रुपन्देही जिल्ला फूटवल संघले बुधबार एन्फा टेक्निकल सेन्टर बुटवलमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
मोफसलको ठूलो धनरासीको उक्त प्रतियोगितामा ए डिभिजनका अधिकतम १४ टिम सहभागि हुने रुपन्देही जिल्ला फूटवल संघका अध्यक्ष तथा अखिल नेपाल फूटवल संघका केन्द्रीय सदस्य दीर्घबहादुर केसी (कुमार)ले जानकारी गराउनु भयो । बुटवल उपमहानगरपालिका संरक्षक रहेको उक्त प्रतियोगितामा विजेतालाई १० लाख ५१ हजार रुपैंया र उपविजेतालाई ७ लाख ५० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तैगरी सर्बोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचलाई जनही ३० हजार रुपैंया पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष केसीले जानकारी गराउनु भयो । २१ औं तिलोत्तमा गोल्ड कपको उपाधि डावफिन्स क्यामरुनले हात पारेको थियो ।