नेपाल चिकित्सक संघमा एक सदस्य पदमा बाहेक सबै पदमा लोकतान्त्रिक समहका उम्मेदवार बिजय भएका छन् । संघको २८ औं कार्यकारिणी समितिकालागि भएका निर्वाचनको प्राप्त मतपरिणाम अनुसार डा. लोचन कार्कीले नेतृत्व गरेको लाकतान्त्रिक समुह बिजय भएको हो । निर्वाचनमा देशभरबाट ६ हजार १५७ मत खसेको थियो ।
गत शुक्रबारदेखि सुरु भएको मतगणना मंगलबार बिहान सकिएको हो । अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा दोब्बरभन्दा बढी मतान्तरले डा लोचन कार्की निर्वाचित हुनु भएको हो । डा कार्कीको ४ हजार १११ मत प्राप्त गर्नुभएको छ भने समावेशी समुहका डा पुष्पमणि खरालले १ हजार ९७९ मत प्राप्त गर्नुभएको छ ।
सात पदाधिकार सहित १३ सदस्य रहेको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ३ हजार ५९५ मत सहित डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा ३ हजार ९४५ मत सहित डा. अनिलबिक्रम कार्की, महासचिवमा २ हजार ४३१ मत सहित डा. बद्रि रिजाल, कोषाध्यक्षमा ३ हजार २७८ मत सहित डा. प्रकाश बुढाथोकी, सहसचिवमा ३ हजार ७९० मत सहित डा. निरञ्जनकुमार सिंह र सहकोषाध्यक्षमा ३ हजार ९३५ मत सहित डा. विश्वराज दवाडी निर्वाचित हुनु भएको छ ।
कार्यसमितिमा पेशागत समावेशी समूहबाट एक जनामात्रै सदस्यमा डा. लिजन महर्जन विजयी हुनु भएको छ । डा महर्जनले २ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएको छ । त्यसबाहेक कार्यसमिति सदस्यमा निर्वाचित सबै लाकतान्त्रिक समुहका हुन् । जसमा ३ हजार ७१७ मत सहित डा. रितेश थापा, ३ हजार ३१६ मत सहित डा. नन्दाकुमारी गुरुङ्, ३ हजार ४ मत सहित डा. सञ्जिव तिवारी, २ हजार ८८० मत सहित डा. विपेश आचार्य र २ हजार ७९६ मत सहित डा. प्रमोद जोशी निर्वाचित हुनु भएको छ ।