‘कोरोना भाईरसबाट जोगिन रुघाखोकी लागेका व्यक्तिसंग टाढै बसौं’

852

‘कोरोना भाईरसबाट जोगिन रुघाखोकी लागेका व्यक्तिसंग टाढै बसौं’

उत्तरी छिमेकी देश चीनबाट फैलिएको कोरोना भाईरसले यतिबेला नेपाली समाजलाई त्रसित बनाएको छ । कोरोना भाईसरका संकाशपद व्यक्तिहरु भेटिने क्रमले झनै त्रस्त हुनु स्वाभाविकै हो । चीनको एक प्रान्तमा सयौं मानिसको मृत्यु भईसकेको छ भने हजारौंको संख्यामा संक्रमित छन् । यसबाट थप क्षेती नहोस भन्नकालागि चीन सरकारले १० दिनमै नयाँ अस्पताल निर्माण गरेको थियो । तर नेपालमा त्यो पनि सम्भव छैन । नेपालकालागि सावधानी प्रमुख उपचार हो । यतिसम्मकी नेपालमा कोरोना भाईरस के हो ?, यो कसरी सर्छ ?, यसबाट बच्न के गर्नुपर्छ भन्ने सम्मको ज्ञान छैन भने सरकारले पनि यसमा खासै प्राथमिकता दिएको पाईँदैन । यसबाट वच्नकालागि उच्च सतर्कता अपनाउनै पर्छ ।
चीनको बुहानबाट सुरु भएर कोरोना भाईरस बेइजिङ, मकाउ, ताइवान हुँदै अहिले अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिईसकेको छ । यी सहित बाँकी सबैदेशहरुले बिमानस्थलमा सावधानी अपनाईसकेका छन् । तर नेपालमा अपनाईएको सावधानी प्रयाप्त देखिँदैन ।
कोरोना भाईरस जनवारबाट सर्ने रहस्यमयी भाइरस हो । कोरोना भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भन्ने थियो, तर अहिले फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । यसको मानिसमा संक्रमण गर्ने क्षमता अरु भन्दा धेरै रहेकाले निकै भयानक रहेको स्वास्थ्य क्षेत्रका बिज्ञहरु बताउँछन् । यो भाईरस एउटा प्रजातीको जीवबाट अर्को प्रजातीमा सजिलै सर्ने भएकाले यो डरलाग्दो पनि छ ।
कोरोना भाईरसको सुरुवाती लक्षण रुघा खोकी हो । अहिले जाडोको मौषम भएका कारण पनि रुघाखोकीलाई सामान्य रुपमा लिईन्छ । रुघाखोकी हुँदै क्रमशः उच्च ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न अफ्ठ्यारो हुने हुन्छ । यसको उपचार पनि नभएकाले यसबाट बच्नकालागि रुघाखोकी लागेको व्यक्तिसंग जोगिनु पर्छ । त्यस्तै भिडभाडमा पनि सावधानी अपनाउने र सरसफाईमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।