डिभिजन बन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेली घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले दुई लाख रुपैयाँ घुससहित निमित्त कार्यालय प्रमुख सहायक बन अधिकृत देवकोटा र कार्यालय सहयोगी तेलीलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
बन कार्यालय लिलाम गरेको काठ सेवाग्राहीले सखारेर लैजानकालागि उनीहरुले माग गरेको घुस रकम दुई लाख रुपैंयाँ बुझाउने क्रममा अख्तियारले रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी गराउनु भएको छ । अख्तियारले नियन्त्रणमा लिएका देवकोटा र तेली उपर थप अनुसन्धान भईरहेको पनि उहाँले बताउनु भयो ।